तनहुँमा करेन्ट लागेर एकको मृत्यु


तनहुँ — तनहुँको ऋषिङ गाउँपालिकामा सोमबार बिहान करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषिङ-८ का करिब ७२ वर्षीय दलबहादुर राना रहेको प्रहरीले जनाएको छ ।

अजम्बरी सल्लाघारीको जंगलमा दाउरा खोज्न जाने क्रममा बिजुलीको लाइनमा छुन गई करेन्ट लागेर घटनास्थलमै मुत्यु भएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।
घटनास्थललाई सुरक्षित गरी थप अनुसन्धन भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित : माघ १०, २०७८ १२:३६