कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुम्कौलीमा शंकास्पद वस्तु : स्थानीय बासिन्दा रातभर त्रासमा

नारायण शर्मा

नवलपरासी पूर्व — दुम्कौलीस्थित चौधरी उद्योगको पूर्वी गेटमा शंकास्पद वस्तु भेटिएपछि आइतबार रातिदेखि स्थानीयमा त्रास छाएको छ ।

दुम्कौलीमा शंकास्पद वस्तु : स्थानीय बासिन्दा रातभर त्रासमा

एक व्यक्तिले आइतबार राति राखेको उक्त शंकास्पद वस्तु बिहानसम्म प्रहरी कुरेर बसेको थियो । केही बेरअघि नेपाली सेनाको बम डिस्पोजल टोली आएर उक्त वस्तुको निरीक्षण तथा निष्क्रिय गर्ने काममा खटिएको छ ।

डीएसपी दिलिप गिरीका अनुसार अरुणखोलावाट सेनाको बम डिस्पोजल टोलि नआउन्जेल आसपासको क्षेत्रमा प्रबेश निषेध गरिएको थियो । आइतबार राति ८ बजे चौधरी ग्रुपको पूर्वी गेटनजिक खैरो झोलामा शंकास्पद वस्तु रहेको आशंकामा प्रहरीले उक्त क्षेत्रलाई सिल गरेको थियो ।


प्रकाशित : माघ १०, २०७८ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?