कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिल्ला प्रशासन स्याङ्जामा अत्यावश्यक बाहेकका सेवा बन्द

कास्की — जिल्ला प्रशासन कार्यालय स्याङ्जामा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि सोमबारदेखि लागू हुने गरी सुरक्षालगायत अत्यावश्यक सेवाबाहेकका  सेवाहरु बन्द गरिएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माको हस्ताक्षरमा सेवा बन्द गरिएको आइतबार सूचना सार्वजानिक भएको छ । सूचनामा लेखिएको छ, ‘जिल्ला प्रशासन कार्यालयका विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । अन्य केही कर्मचारीको रिपोर्ट आउन बाँकी छ । साथै, केही कर्मचारीमा कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएकाले सेवा प्रवाहमा कठिनाई भएपछि अर्को सूचना जारी नहुँदासम्मलाई सवै सेवाहरु बन्द गरिएको हो ।’

प्रशासन कार्यालयबाट प्रदान गरिने शान्ति सुरक्षा र अत्यावश्यकबाहेक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, संघसंस्था दर्ता/नवीकरण हातहतियार नवीकरणलगायतका सेवाहरु हाललाई स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताए ।

प्रकाशित : माघ ९, २०७८ २२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?