कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मनकामना मन्दिर प्रवेशमा रोक

गोरखा — कोरोना संक्रमण तीव्र रुपमा फैलिरहँदा नेपालकै प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर प्रवेशमा रोक लगाइएको छ ।

मनकामना मन्दिर प्रवेशमा रोक

मंगलबार बसेको सरोकारवालाहरूको बैठकले ६ गते (बिहीबार)देखि माघ मसान्तसम्म नित्यवाहेकका पुजामा रोक लगाउने निर्णय गरेको मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङले बताए ।

‘धार्मिक शक्तिपीठहरू बन्द गर्ने नेपाल सरकारको पुस ३० गतेको आदेशलाई कार्यान्वयन गरेका हौं,’ उनले भने ।

मन्दिरमा भक्तजनबाट हुने बलीपुजा, लाखबत्ती बाल्ने जस्ता धार्मिक गतिविधिमा पनि रोक लगाइएको छ । मनकामना मन्दिरमा कोरोना संक्रमण फैलिनुअघि दैनिक दुई हजारको हाराहारीमा भक्तजनले भ्रमण गर्थे ।

प्रकाशित : माघ ४, २०७८ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?