कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कावासोती नापी कार्यालयका थप ६ जना कर्मचारीलाई कोरोना 

नारायण शर्मा

नवलपरासी पूर्व — यसअघि नै ९ जना कर्मचारीमा कोरोना संक्रमण भएको नापी कार्यालय कावासोतीमा शुक्रबार थप ६ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

कावासोती नापी कार्यालयका थप ६ जना कर्मचारीलाई कोरोना 

दुई दिनअघि गरिएको परीक्षणमा ९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहीबार थप १२ जनाको परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण भएको कार्यालयले जनाएको छ ।

नापी कार्यालयका सूचना अधिकृत भोला कोहारका अनुसार ३० कर्मचारीमध्ये १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : पुस ३०, २०७८ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?