पूर्वी नवलपरासी एमाले अध्यक्षमा मुक्तिराम पाण्डे 

नारायण शर्मा

पूर्वी नवलपरासी — चार दिनको लामो रस्साकस्सीपछि एमाले पूर्वी नवलपरासीको अध्यक्षमा मुक्तिराम पाण्डे सर्वसम्मत रूपमा  चयन भएका छन्।

पूर्वी नवलपरासी एमाले अध्यक्षमा मुक्तिराम पाण्डे 

शुक्रबार सुरु अधिवेशनले पहिलो दिनदेखिकै अध्यक्षका दाबेदार रोशन गाहा र सचिव जीवन श्रेष्ठबीच सहमति हुन नसकेपछि अध्यक्ष मण्डलले पाण्डेको नाममा सहमति गरेको हो । गाहा र श्रेष्ठ एमाले जिल्ला नेतृत्वमा २० वर्षदेखि रहँदै आएका थिए ।

गाहा र श्रेष्ठले एक अर्कालाई स्वीकार गर्न नसकेको तर पाण्डेको नाममा दुवै जना सहमत भएको बताइएको छ । अध्यक्ष मण्डलका संयोजक तथा एमाले केन्द्रीय सदस्य तिलक महतले रोशन गाहालाई अध्यक्ष बनाउन चाहन्थे । बहुमत मतदाता जीवन श्रेष्ठको पक्षमा थिए । दुवैलाई भिडाएर विकल्पमा पाण्डेलाई अध्यक्ष बनाइएको एमाले स्रोतको दाबी छ ।

एमाले निर्वाचन समितिका संयोजक तीर्थ कंडेलका अनुसार एमाले जिल्ला उपाध्यक्षमा मनवीर थापा, सचिवमा भीमलाल अधिकारी र उपसचिवमा भीमलाल कंडेल र यमुनाथ आचार्य सर्वसम्मत चयन गरिएको घोषणा भएको छ ।

प्रकाशित : पुस २७, २०७८ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?