कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जनकपुरमा पोखरीमा डुबेर २ बालकको मृत्यु

सन्तोष सिंह

धनुषा — जनकपुरधामको  पोखरीमा डुबेर दुई बालकको ज्यान गएको छ ।  जनकपुरधाम उपमहानगरपालिका-२० देवपुरा रुपैठा बस्ने जयनारायण महतोको ६ वर्षीय छोरा शिवनन्दन महतो र राकेश पासवानका ६ वर्षीय छोरा आदित्य पासवानको पोखरीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

शनिबार बिहान १० बजेतिर घर जिकैको साहुजी पोखरीमा गर्मी छल्न नुहाउने क्रममा दुवै जना बालक डुबेका थिए । स्थनीयले देखेपछि सिकिस्त अवस्थामा उद्धार गरेर उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । बिहान ११ बजे दुवैजना बालकलाई चिकित्सकले मृत घोषणा गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए ।

प्रकाशित : जेष्ठ १३, २०८१ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?