१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

घरमा आगो लगाएर फरार भएका व्यक्ति २० वर्षपछि पक्राउ

सुनिता बराल

महोत्तरी — महोत्तरीको लोहारपट्टी-४ स्थित साविक खुट्टा पिपराढी-६ मा १२ घरमा आगो लगाएर फरार व्यक्ति २० वर्षपछि पक्राउ परेका छन् । पक्राउ  पर्नेमा सोही ठाँउका ४० वर्षीय राकेश यादव रहेका महोत्तरी प्रहरीले जनाएको छ । 

घरमा आगो सल्काउँदै गएपछि २०६१ सालमा पिपराढीका १२ घर पूर्ण जलेर नष्ट भएको थियो । २०७५ पुस १६ गते सर्वोच्चले आगोलागी कसुर मुद्दाका प्रतिवादी यादवलाई दोषी ठहर गर्दै ७ वर्ष कैदको सजाय सुनाएको थियो ।

घटनापछि यादव फरार रहेका र गोप्य सूचना पछि यादवलाई नियन्त्रणमा लिन सफल भएको महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी सन्तुलाल जैसवालले जानकारी दिए ।

पक्राउ परेका यादवलाई आवश्यक कारबाहीको लागि सोमबार जिल्ला अदालत महोत्तरीमा हाजिर गराइएको जैसवालले बताए ।

प्रकाशित : वैशाख ११, २०८१ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?