जनमत पार्टीका सांसदले रोस्ट्रम घेराउ गरेपछि मधेश प्रदेशसभा बैठक स्थगित
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
जनकपुर — जनमत पार्टीले आफ्ना मन्त्री र सांसदमाथि मुख्यमन्त्री सरोजकुमार यादवकै उपस्थितिमा गत माघ ८ गते राजविराजमा भएको सांघातिक हमलाको संसदीय छानबिन समिति बनाउन माग गर्दै रोस्ट्रम घेराउ गरेपछि प्रदेशसभाको बैठक स्थगित भएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![जनमत पार्टीका सांसदले रोस्ट्रम घेराउ गरेपछि मधेश प्रदेशसभा बैठक स्थगित](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/madhesh-sabha-1642024104540-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत लिन मंगलबार २ बजे सुरु भएको प्रदेशसभाको बैठकमा जनमत पार्टीका प्रवक्ता एवं प्रदेश सांसद चन्दन सिंहले हमलाको संसदीय छानबिन समिति, रकमान्तरको छानबिन गर्न बनेको संसदिय समितिको प्रतिवेदन सार्वजनिक र कार्य व्यवस्था परामर्श समितिको बैठक नबसी मंगलबार प्रदेशसभाको बैठक डाकिएकोमा आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए ।
जनमत पार्टीका सांसदहरू आ–आफ्नो ठाउँबाट उभिएर बैठक चल्न नदिने अडान लिएपछि एमालेका सांसद दीपेन्द्र ठाकुरले जनमत पार्टीका तत्कालीन मन्त्री महेशकुमार यादवमाथि भएको कुटपिट व्यक्तिगत रहेको र व्यक्तिगत विषयमा संसद् अवरोध गर्न नपाइने बताएपछि जनमत र कांग्रेसका सांसदहरु आक्रोशित हुँदै रोस्ट्रम घेराउ गरेका थिए । रोस्ट्रम घेराउपछि सभामुख रामचन्द्र मण्डलले प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगित भएको घोषणा गरेका थिए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)