जनमत, कांग्रेस र लोसपाको बहिष्कारबीच मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
धनुषा — मधेश प्रदेशसभा बैठकबाट जनमत पार्टीका संसदीय दलका नेता महेश यादवलाई सभामुख रामचन्द्र मण्डलले निष्कासन गरेपछि नेपाली कांग्रेस र लोसपाले प्रदेशसभा बैठक बहिष्कार गरेका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![जनमत, कांग्रेस र लोसपाको बहिष्कारबीच मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/madhesh-1642024045756-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
काग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले बैठक बहिष्कार गरेपछि लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सांसद उपेन्द्र महतोले संसद्मा प्रतिपक्ष नभएपछि आफूहरूले पनि बैठक बहिष्कार गर्ने बताएका थिए ।
धकेलाधकेलबीच रोस्ट्रम जाने बाटो बदलेर मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मतका लागि प्रस्ताव पेस गरेपछि मधेश प्रदेशसभामा विवाद उत्पन्न भएको हो । सांसदहरूले सभामुखको माइक र बत्तीसमेतमा तोडफोड गरेका थिए ।
जनमत, कांग्रेस र लोसपाले प्रदेशसभा बैठक बहिष्कार गरे पनि सभामुख मण्डलले मुख्यमन्त्री यादवले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावलाई अगाडि बढाएका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)