कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

मधेसमा बालविवाह र दाइजो रोक्ने प्रतिबद्धता 

सुनिता बराल

महोत्तरी — सरोकारवालाले मधेसमा बालविवाह र दाइजोप्रथा रोक्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार बाल बिवाह अन्त्यको लागि मधेशी आयोगले बर्दिवासमा धार्मिक गुरु र सरोकारवालासंग गरेको अर्न्तक्रियापछि सहभागीले मधेसमा व्याप्त बालविवाहसँगै दाइजो प्रथा समेत रोक्ने प्रतिवद्धता जनाएका छन् । 

मधेसमा बालविवाह र दाइजो रोक्ने प्रतिबद्धता 

मधेसी आयोग र प्लान नेपाल इन्टरनेशनलको सहकार्यमा भएको अन्तरक्रियामा आठ जिल्लाका पुजारी, पण्डित, मौलाना, पास्टर, धार्मिक संस्थाका प्रमुखहरु, जनप्रतिनिधि लगायत सरोकारवालाले मधेसमा बालविवाह नरोकिएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

व्यक्तिगत र संस्थागत तहबाट समेत बालविवाह र दाइजोप्रथा रोक्न प्रतिबद्ध रहेको भन्दै सहभागीले सामुहिक हस्ताक्षर समेत गरेका मानव अधिकार अयोगका सदस्य जिवछ साहले जानकारी दिए । कानुन विपरीतका कार्य गर्ने, गराउने र गराउन सहयोग गर्ने सबैलाई कानुनी कठघरामा ल्याउनुपर्ने वक्ताहरुले बताएका छन् ।

एक ले नगराए अर्को धार्मिक गुरु खोजेर पनि विवाह गर्ने गरेकाले बालविवाह रोक्न धार्मिकगुरु संगै हरेक वडा, पालिका र अन्य सरकारको समेत सक्रिय सहभागीता हुनुपर्ने मुस्लिम धर्मका गुरु कलिन साफीले बताए । जनचेतना जगाउने र कानुनी दायरामा ल्याउने काम पालिकाले गरेका वर्षौँदेखि बालविवाह नगर्ने र गर्न लागेमा रोक्ने आफूहरुको अभियान सफल हुने साफीले बताए ।

अभियान चल्दा चल्दै पनि बालविवाह र दाईजो नरोक्किनुलाई जरो खोजेरै ओखल्नपर्ने भएकाले सहि तरिकाका उपायहरु अब खोज्नुपर्ने मिथिला नगरपालिका धनुषाकी उपमेयर सुनिता सिंह बुढाथोकीले बताईन् । पाठ्यक्रममै राखेर बालविवाहबारेका कानुन र बेफाइदाबारे बालबालिकालाई पढाउनपर्ने सवाल उठेपछि उपमेयर बुढाथोकीले आफ्नो पालिकाको स्थानिय पाठ्यक्रममै यो विषय समावेश गर्ने प्रतिवद्धता जनाईन् ।

मधेसी आयोगका अध्यक्ष विजय कुमार दत्तले अर्न्तक्रियमा उठेका धेरै सवाल बालविवाह अन्त्यका लागि निकै महत्वपूर्ण सवालहरु रहेकाले सुझाव कार्यान्वयन र सामुहिक प्रतिवद्धता पुरा गर्न आयोग प्रतिवद्ध रहेको बताए । जानकी मन्दिर जनकपुरका महन्त राम रोशन दासले सीताको भुमि मधेसमा महिलालाई शक्ति मानेर उच्च सम्मान गरिने भएकाले दाईजोमा दिएर छोरीको बिवाह गर्नुपर्ने दुखद कुरा भएको बताए । सवैले अनुशरण गर्नुपर्ने भन्दै जनकले सीतालाई हुर्काएको सन्दर्भ राख्दै दासले बालविवाह रोक्न पहिले अभिवावकले दवाव दिएर, फकाएर वा करकापमा बालविवाह गरिदिन बन्द गर्नुपर्ने र आफ्नो सन्तानलाई शक्तिशाली बनाउन लाग्नुपर्ने बताए ।

मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले बालविवाह रोक्न प्रहरी पुगेपछि अभिभावकले नेता र जनप्रतिनिधिलाई फोन गर्ने र जनप्रतिनिधि र दलका नेताले इज्जत जोगाइदिने नाममा प्रहरी फर्काउने क्रम रहेसम्म यस्ता प्रथा नरोकिने बताए । अब सबैले कानुनको कार्यान्वयनमा अब सबै निर्मम भएर अघि बढ्न उनले सबैलाई आग्रह समेत गरे ।

प्रकाशित : चैत्र २२, २०८० २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×