कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

'मधेश प्रदेश सरकार विकास र सुशासन कायम गर्न चुक्यो'

सन्तोष सिंह

धनुषा — नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेश सरकार विकास र सुशासन कायम गर्न चुकेको बताएका छन् । 'जनता समाजवादी पार्टी नेतृत्वमा जबसम्म मधेश प्रदेशमा सरकार रहन्छ तबसम्म समयको बर्बादी मात्रै हुन्छ,' पोखरेलले भने, ‘मधेश प्रदेशमा जसपाले ६ वर्षसम्म सरकारको नेतृत्व गरेको छ । यो ६ वर्षमा देखाउने लायक काम केही गरेको छैन ।’

'मधेश प्रदेश सरकार विकास र सुशासन कायम गर्न चुक्यो'

मधेश प्रदेशमा एमाले ठूलो दल भएपनि गठबन्धनको कारणले सरकारको नेतृत्व गर्न नसकेको उनले बताए । महोत्तरीको जलेश्वरमा नेकपा एमाले पार्टी कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा नेकपा एमाले विकास र समृद्धिको लागि दुरदर्शी, बलियो राजनीतिक पार्टी, स्थायी सरकार हुनुपर्नेमा जोड दिने पार्टी भएको उनले बताए । महासचिव पोखरेलले संघीय सरकारको कार्यशैलीले संघीयतामापथ प्रश्न उठन थालेको बताए । गठबन्धनको सरकार जनता विरोधी र राष्ट्र विरोधी रहेको उनले टिप्पणी गरे ।

प्रकाशित : फाल्गुन १९, २०८० १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×