कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

आइतबारको कोशी प्रदेशसभा बैठकमा कांग्रेस अनुपस्थित हुने

पर्वत पोर्तेल

विराटनगर — कोशी प्रदेशमा विपक्षी नेपाली कांग्रेस आइतबारको  प्रदेशसभा बैठकमा अनुपस्थित हुने भएको छ। कांग्रेस संसदीय दलले प्रदेश सभा बैठक स्थगन गर्न सभामुख अम्बरबहादुर बिष्टसँग माग गरेका थिए । तर, बैठक स्थगित नहुने भएपछि विपक्षी नेपाली कांग्रेस सहभागी नहुने भएको संसदीय दल कोशीका प्रमुख सचेतक गोपाल तामाङले  जनाए। 

आइतबारको कोशी प्रदेशसभा बैठकमा कांग्रेस अनुपस्थित हुने

कोशी प्रदेशसभाको बर्खे अधिवेशन वैशाख ३१ मा सुरू भएको थियो। त्योबेला पनि मुख्यमन्त्री हिक्मत कार्कीले कांग्रेसको अनुपस्थितबिना विश्वासको मत लिएका थिए। दोश्रो बैठकमा पनि कांग्रेस अनुपस्थित हुँदा बजेट निर्माणसँगै नीति तथा कार्यक्रमको छलफलमा प्रत्यक्ष असर पर्ने देखिएको छ।

'कोशी प्रदेश गठनको विवादको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको', प्रमुख सचेतक तामाङले जनाएका छन्,' अदालतबाट मुद्दा टुंगो नलागेसम्म प्रदेशसभा बैठक अघि बढाउनु ठीक हुन्न।'

वैशाख २७ मा प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) अनुसार हिक्मत कार्कीको नेतृत्वमा कोशी सरकार गठन गरेका थिए। खापुङले सरकार गठनमा वैधानिक प्रक्रिया नपुर्‍याएको र अदालती प्रक्रियासमेत निरुपण भइनसकेको अवस्थामा बैठक अघि बढाइनु अनुचित रहेको निष्कर्ष कांग्रेसको छ।

प्रकाशित : जेष्ठ १३, २०८१ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?