कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

पाटनमा दौडाइयो घोडा [तस्बिरहरु]

सुकार्यलाल श्रेष्ठ

काठमाडौँ — काठमाडौं उपत्यकामा सोमवार घोडेजात्रा पर्व मनाइएको छ । प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन यो पर्व मनाइन्छ । ललितपुरको पाटनमा भने एउटा घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । यो वर्ष पनि पाटन दरबार क्षेत्रदेखि बालकुमारी मन्दिरसम्म घोडा दौडाएर घोडेजात्रा मनाइएको छ ।

सो पर्वका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायत प्रदर्शन गर्दै औपचारिक समारोह गरेर मनाएको छ ।

प्रकाशित : चैत्र २६, २०८० १८:१४
प्रतिक्रिया
पठाउनुहोस्