कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पानीका स्रोत सफा गरी मनाइँदै सिथि नख: [फोटोफिचर]

संजोग मानन्धर

काठमाडौँ — ललितपुरको पाटनस्थित नेवार समुदायका बासिन्दाले आइतबार सिथि नख: विशेष रुपमा मनाउँदै छन् । ढुंगेधारा, इनार, कुवा लगायत पानीका स्रोत तथा मुहान सरसफाइ गर्ने चाडको रुपमा सिथि नख: मनाउने गरिन्छ ।

हिन्दु धर्मशास्त्र अनुसार महादेवको जेठो पुत्र कुमारको जन्मदिनमा यो चाड मनाउने प्रचलन छ । यस अवसरमा उपत्यकाका नेवार समुदायले पानीका स्रोत सफा गरी विभिन्न परिकार बनाएर खाने गर्छन् । विशेषगरी चामलको पिठो, मास, केराउ र मुगीको बाराको परिकार बनाएर खाने प्रचलन छ । हिन्दु धर्मअनुसार यस चाडलाई कुमारको पूजा गर्ने दिनको रुपमा पनि मनाइन्छ ।


प्रकाशित : जेष्ठ २२, २०७९ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्