कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपत्यकाको प्रदूषित आकाश [फोटोफिचर]

तस्बिर : अनिस रेग्मी

काठमाडौँ — काठमाडौं उपत्याकाको आकास केही दिनदेखि नै धुलो र प्रदूषणले ढाकिँदा मौसम खुल्न सकेको छैन । वायुमण्डल नै यसरी प्रदूषणले भरिँदा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विज्ञहरू बताउँछन् । काठमाडौं उपत्यकाको हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले तोकेको मापदण्डभन्दा १३ गुणा बढी पुगेको छ । वायुमण्डलमा २.५ माइक्रोनभन्दा साना व्यास भएका स–सना कण पीएम २.५ हुन् । यीनले मानव स्वास्थ्यलाई असर गर्ने बताइन्छ ।

मंगलबारको एयर क्वालिटी रिर्पोट अनुसार उपत्यकाको वायुमण्डलमा पीएम २.५को मात्रा प्रति क्युबिक मिटरमा ६४.८ माइक्रोग्राम छ । बुधबार दिउँसो १ बजे उपत्यकाको एयर क्वालिटी इन्डेक्स १७० देखिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हावामा पीएम २.५को मात्रा प्रति क्युबिक मिटरमा ५ माइक्रोग्राम हुनुपर्छ ।


प्रकाशित : चैत्र १६, २०७८ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्

धर्नामा लोकसेवाका परीक्षार्थी

तस्बिर : अनिस रेग्मी

काठमाडौँ — २०७६ सालमा विज्ञापन भएको लोकसेवा आयोगको परीक्षा र अन्तर्वार्ताका सहभागीहरुले आफूहरुको नतिजा आउनुपर्ने भन्दै प्रदर्शन गरेका छन् ।

बिहीबार उनीहरुले विभिन्न नारा अंकित प्लेकार्डसहित कमलपोखरीमा रहेको लोकसेवा आयोग कार्यालय अगाडि धर्ना दिएका हुन् ।

आयोगले २०७६ मंसिरमा खुलाएको शाखा अधिकृतको विज्ञापनअन्तर्गत २०७८ भदौ ८ मा सबै चरणका परीक्षा सम्पन्न भइसकेका छन् । अन्तिम योग्यता सूची प्रकाशन हुन बाँकी रहेको अवस्थामा अदालतको अन्तरिम आदेशको अपव्याख्यासहित नतिजा स्थगन गर्दा आफूहरूलाई मर्का परेको परीक्षार्थीहरूले जनाएका छन् ।

कर्मचारी समायोजन ऐन कार्यान्वयमा भएको लापरबाही र त्रुटिले समस्या बढ्दै गएपछि शाखा अधिकृत र नायब सुब्बाका परीक्षार्थीले आफूहरु तनावमा रहेको बताएका छन् ।

प्रकाशित : माघ २७, २०७८ ११:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×