पदको आडमा बेइमानी
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
नेपाल स्काउटको जग्गा १५ वर्षभन्दा बढी हडपेर नेपाली कांग्रेसका सांसद दीपक खड्काले भोगचलन गरेको र निर्देशनपछि पनि नछाडेको समाचार आएको छ । नौ रोपनी जमिन हडप्नु, साढे छ करोड तिर्न अटेरी गर्नु पद र सत्ताको आडमा गरिएको बेइमानी भएन र ? यसबाट ‘ठूलाबडाले जे गरे पनि हुन्छ,’ ‘ठूलालाई चैन र सानालाई ऐन’ भन्ने उक्ति चरितार्थ हुँदैन र ?
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
यो त एउटा प्रतिनिधि घटना मात्र हो । गुन्डागर्दी, हत्या, बलात्कार, भ्रष्टाचार, तस्कर, जग्गा हडप्ने, सहकारीबाट आम जनताको करोडौं रकम अनियमितता गर्ने आदिमा संलग्न पाइँदा पनि सांसद पद जोगिरहने कानुन किन बनाइएको होला ? यस्ता सांसदलाई सम्बन्धित पार्टीले संरक्षण गरिराखेकै कारण आम मानिसमा दलप्रति अविश्वास खडा हुँदै गएको हो । यसलाई कानुनी रूपमा तुरुन्तै सच्याइयोस् ।
– तुलसीराम खरेल, बिर्तामोड, झापा
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)