कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

बेलायतका पूर्व प्रधानमन्त्री नेपाली खानाका पारखी

बेलायतमा लोकप्रिय छन् नेपाली रेष्टुरेण्ट

लन्डन — जुलाई २०१३को तेस्रो साता गुल्मेली दाजुभाई अर्जुन भण्डारी र काशीराम भण्डारीले स्कटल्याण्डमा खोलेको 'सिमला प्यालेस्' रेष्टुरेन्ट बेलायती पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनले उदघाटन गरेका थिए ।


विश्व शिक्षाका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत समेत रहेका ब्राउनको त्यो उपस्थिति नेपाल र नेपाली खानाप्रतिको उच्च लगावका कारण रहेको धेरैले बुझ्ने मौक समेत पाए । उदघाटनका क्रममा ब्राउनले शुभकामनामात्र दिएनन् उनले रेष्टुरेन्ट सञ्चालकलाई आफ्नो क्षेत्र किरकेल्डीमा समेत शाखा खोल्न आग्रह गरे । यसले उनी नेपाली खानाका पारखी हुन् भन्ने ठम्याउन असहज भएन ।
चाहे बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनका सल्लाहकार हुन् वा उपप्रधानमन्त्री निक क्लेग । बि्रटिश अभिनेत्री जोआना लुम्लीदेखि अन्य कयौं बि्रटिश सेलिबे्रटी, मन्त्री र सांसदहरु गइरहन्छन् 'एभरेष्ट इन' । कुनै बेला यहाँ अध्यागमन मन्त्री भान्साभित्रै गएर आफ्नो
रोजाइको खाना पकाए भन्ने चर्चा थियो । बढ्दो लोकपि्रयताबीच यसले हालै तस्रो एसियन करी अवार्डस् २०१३ प्रतियोगितामा 'वेष्ट नेपलिज रेष्टुरेन्ट इन द यूके' उपाधि जितेर हृयाटि्रक नै गरिदियो । यस बाहेक, बेलायतको सर्वदलीय सांसदहरु सम्मिलित टिफिन क्लवले वर्षेनी आयोजना गर्ने टिफिन कप अवार्डस् २०१३ मा यस वर्ष लन्डन व्याटरसीस्थित नेपालीको 'होली काउ' दक्षिण एसियाली रेष्टुरेन्टमध्येबाट उत्कृष्ट भयो । ब्याटरसी, बाल्हम र वान्ड्सवोर्थकी सांसद जेन इलिसन आफैं अघि सरेर आफ्नो क्षेत्रका जनतासमक्ष उक्त रेष्टुरेन्टलाई मत दिन सिफारिस गरेकी थिइन् ।
गत वर्ष अगष्टमा बेलायतको लोकपि्रय अखबार टेलिग्राफको आइतबार संस्करणमा ट्राभल र जीवनशैलीबारे कलम चलाउने पत्रकार डोनाल्ड स्ट्राचनले एउटा समीक्षा गर्दै लन्डनमा अथेन्टिक नेपाली खाना खाने हो भने लि हाइरोड लुइसमस्थित 'पानस गोर्खा रेष्टुरेन्ट' जान सिफारिस गरिदिए । त्यही रेष्टुरेन्टलाई ट्रिप एडभाइजरले सर्टिफिकेट अफ एक्सिलेन्स् २०१३ प्रदान गर्यो ।
बेलायतका करिब पाँच हजार रेष्टुरेन्टमध्येबाट अगि्रम बुकिङ गरिदिने चर्चित वेवसाइट 'टप टेवल' ले यसलाई प्राथमिकतामा राखेको छ । एक पछि अर्को लोकपि्रयताले होटल म्यानेजमेन्ट पढेका पानसका सञ्चालक सुजन कटुवाल दुई वर्षको अवधिमा तीनवटा रेष्टुरेन्ट खोल्न सफल भए ।
त्यसैगरी, करी इण्डष्ट्रीको 'अस्कर' मानिने बि्रटिश करी अवार्डस् २०१३ मा यूकेभरका टप १०० रेष्टुरेन्टमा पर्न सफल भए चार नेपाली रेष्टुरेन्ट गोर्खा प्यालेस (फार्नवोरो), गोर्खा प्यालेस फोकस्टोन, एभरेष्ट स्पाइस रेडहिल र द गंगेज एण्ड गोर्खा प्लेमाउथ ।
यसै वर्ष बेलायतको लोकपि्रय अखवार इन्डिपेन्डेन्टको सर्वेक्षणमा टप ५० मध्ये १६ औं स्थानमा पर्न सफल भयो 'काठमाडौं प्यालेस रेष्टुरेन्ट कर्नवाल' ।
यी केही उदाहरणले पुष्टि गर्छन् बेलायतमा नेपाली रेष्टुरेन्टको बढ्दो लोकपि्रयता ।
बंगालीपछि इण्डियन रेष्टुरेन्टले 'डोमिनेन्ट' गरिरहेको बेलायतको करी इण्डष्ट्रीमा अहिले नेपाली रेष्टुरेन्टले पनि आफ्नो पकड जमाउादैछन् । बेलायतमा अनुमानित अढाइ सय नेपाली रेष्टुरेन्ट मध्ये अधिकांश डुबेका पनि छन् तर, बेलायती खाना पारखीको मन जित्न भने ति सफल छन् ।
यूके अर्थतन्त्रमा करी उद्योगको वाषिर्क झण्डै तीन दशमलव ६ विलियन पाउण्ड योगदान छ । यहां हजारौं रेष्टुरेन्टबीच प्रतिष्पर्धा छ । यस्तो अवस्थामा नेपाली रेष्टुरेन्ट आफ्नो बेग्लै छाप छाड्न कसरी सफल भएका ? पानस गोर्खा रेष्टुरेन्टका सञ्चालक सुजन कटुवाल भन्छन्, 'ग्राहकलाई दिइने न्यानो आतिथ्यता र स्वस्थकर खाना नै यसका सकारात्मक पक्ष हुन् । हामी खानामा कृत्रिम रंग, ज्यादा चिल्लो पिरो मसला, घ्यू बटर प्रयोग गर्दैनौं जसले गर्दा अंग्रेजले रुचाएका छन् ।'
नेपाली रेष्टुरेन्ट टिपिकल खाना ढिंडो, दाल भात, गुन्द्रुक बेचेर टिकेका भने होइनन् । भारतीय खानालाई हल्का 'मोडिफाइ' गरेर तयार पारिएका रेसिपी' ले व्यवसाय चलेको बताउंछन् लन्डनमा सातवटा टेक वे रेष्टुरेन्ट चलाइरहेका एनआरएनए यूके पूर्व अध्यक्ष कुल आचार्य । उनी थप्छन्, 'गोर्खाली र नेपालीको प्रतिष्ठा र इमान्दारिता देखेर नियमित आउने ग्राहक धेरै छन् ।'
त्यसो त नेपाली रेष्टुरेन्टको योगदान च्यारिटी काममा पनि उत्तिकै छ । नेपालीको स्थानीय समुदायसंग बढ्दो सामिप्यता र लोकल च्यारिटीप्रति उनीहरुको निरन्तर योगदानले पनि ग्राहक आकषिर्त भएको ठान्छन् गोर्खा प्यालेस रेष्टुरेन्ट फार्नवोरोका सञ्चालक सूर्य गुरुङ । उनको रेष्टुरेन्टले वर्षेनी च्यारिटी संस्थालाई सहयोग गरिरहेको छ ।
आफ्नो व्यवसाय सुचारु गरिराख्न चुनौती भने प्रशस्त देख्छन् व्यवसायी । कटुवालको अनुभवमा साख जोगाइराख्न नयां आइडिया, मार्केटिङ, खाना र सेवामा बढि चनाखो हुन जरुरी छ । उता, आचार्यका भनाइमा नेपाली 'कुइजिन' मात्र भनेर रेष्टुरेन्ट चल्ने सम्भावना कम छ त्यसैले बाहिर साइनवोर्डमा नेपाली एण्ड इण्डियन कुइजिन नभनि सुखै छैन ।

प्रकाशित : पुस १६, २०७० १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?