

मुगु — जिल्लामा अकस्मात मनसुन परिवर्तन भएर सोमबार मध्यरात देखि हिमपात भएको छ । हिमपातका कारण चिसोले जनजीवन कष्टकर बनेको छ । रारा, सोवा, सोबा, बाम, ताल्च, सदरमुकाम गमगढी, खमाले, सेरी, मुगु, पुलु माग्री, डोल्फ, लगायत स्थानमा भारी हिमपात भएको छ ।
जिल्लामा अकस्मात मनसुन परिवर्तन भएर सोमबार मध्यरात देखि हिमपात भएको छ । हिमपातका कारण चिसोले जनजीवन कष्टकर बनेको छ ।रारा, सोवा, सोबा, बाम, ताल्च, सदरमुकाम गमगढी, खमाले, सेरी, मुगु, पुलु माग्री, डोल्फ, लगायत स्थानमा भारी हिमपात भएको छ । हिमपातले जिल्ला अस्पातलका बिरामी देखि सर्बसाधारणको जनजीवन कष्टकर भएको छ ।
गत मंसिर पहिलो सातामा मुगुको उच्चलेकालि बस्तीमा हिमपात भएको थियो । मुगुमा पुस १५ भित्रै हिमपात शुरु भएपछि यो पटक भारी हिमपात हुने स्थानीयबासीको भनाई छ ।
अब धेरै हिमपात हुने भयो श्रीनगर गाविसका पदम रावलले भने पुसमा आएको हिउ पग्लिन पनि धेरै समय लाग्छ चिसो बस्न खान यताउता हिडुल गर्न निकै कठिनाई हुने भयो ।
हिमपातका कारण मुगुको एक मात्र हवाई सेवा ताल्च बिमास्थल प्रभावित हुने भएको छ भने गमगढी नाग्मा सडक खण्ड पनि अबरुद्ध हुने भएको छ । हिमपातले अधिकाश ब्यापारीको समान बीचमै रोकिएको छ ।
प्रकाशित : पुस १६, २०७० १०:०५