कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोटकरी

गाँजा लिएर बाराको पथलैयातर्फ गइरहेका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

गाँजासहित दुई पक्राउ
हेटौंडा -कास)- सरिखेत २ का २२ वषर्ीय रोहित लामा र मनहरी ५ का ३० वषर्ीय कृष्ण राई मंगलबार १५ केजी गाँजासहित हेटौंडाको पशुपतिनगरमा पक्राउ परेका हुन् । उनीहरू झोलामा गाँजा बोकेर पथलैयातर्फ जाँदै गरेको बसमा चेकजाँच क्रममा उनीहरूलाई पक्राउ गरेको हुन् । राक्सिराङ ४ का सागर लामाले ज्याला दिन्छु भनेर गाँजा पथलैया पुर्‍याउन लगाएको उनीहरूले प्रहरीसमक्ष बताएका छन् ।

बन्दुकसहित पक्राउ
कपिलवस्तु -कास)- प्रहरीले वाणगंगा ५ मधुवनका नरबहादुर सुनारलाई हतियारसहित पक्राउ गरेको छ । सुराकीका आधारमा पुगेको प्रहरीले उनको घरबाट ब्यारेलसहितको एक थान घरमा बनाइएको बन्दुक बरामद गरेको हो । बन्दुकसहित दुई राउन्ड गोली बरामद गरेको छ ।   

होटलद्वारा छात्रवृत्ति
चितवन -कास)- चितवन सौराहाको होटल सेभेन स्टारले स्थानीय बछौली उमाविका ३ विद्यार्थीलाई मंगलबार छात्रवृत्ति वितरण गरेको छ । प्रत्येक वर्ष स्थानीय विद्यालयमा छात्रवृत्ति वितरण गर्दै आएको होटलले यस वर्ष उक्त विद्यालयमा ३ विद्यार्थीका लागि ५ हजार दरले १५ हजार रुपैयाँ प्रधानाध्यापक र गाविस सचिवको रोहोवरमा प्रदान गरिएको होटलका व्यवस्थापक सुरेन्द्र अधिकारीले जनाए ।

प्रकाशित : पुस १७, २०७० १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?