कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समाज र संस्कृति : पञ्चेबाजा संकटमा

प्रताप विष्ट

हेटौंडा — नयाँ पुस्ताले सिक्नै चाहेन । पहिलेका पुरानिंदै गए । अब बाजा कसले बजाउने ? कपाली समुदायले बजाउँदै आएको पञ्चेबाजा अहिले संकटमा परेको छ ।

यो समुदायले बजाउने बाजालाई पञ्चेबाजा भनिन्छ ।
चित्लाङ ४ स्थित कुस्लेचौरमा आएका कपालीले त्यस क्ष्ाेत्रका नेवार समुदायको शुभ-अशुभ कार्यमा बाजा बजाउँदै आएका छन् ।
 उनीहरूले बाजा बजाएर अघि नलागेसम्म नेवार समुदायका शुभ-अशुभ दुवै कार्य अघि बढ्दैनन् तर बाूजा बजाउने कपालीको संख्या भने आधा दर्जनभन्दा बढी छैनन् । 'बाजा बजाउने कपालीको संख्या नै कम भएकाले सांस्कृतिक एवं धार्मिक परम्परालाई निरन्तरता दिन पनि समस्या भएको छ' स्थ्ाानीयवासी बुद्धरत्न मानन्धरले भने, कपाली समुदायका युवा बाजा बजाउनतर्फ आकषिर्त नै छैनन् ।'  त्यस क्ष्ाेत्र नेवार समुदायको विवाह व्रतबन्ध, काजक्रिया, नाचगान र धार्मिक कार्यक्रममा कपाली समुदाय पञ्चेबाजा बजाउनुपर्छ । 'उनीहरूले बाजा नबजाएसम्म कार्यक्रमको शुभारम्भ गर्न मिल्दैन,' स्थानीयवासी मानन्धरले भने । कपालीले बजाउने पञ्चेबाजामा माहिल, मुरली दमाहालगायत पाँच थरीका हुन्छन् । चित्लाङ गाविसमा ३५ घरधुरी कपाली समुदायको रहेको छ । गाउँमा वृद्धवृद्धामात्र छन् ।
 अधिकांश युवा रोजगारीका लागि राजधानी छिरेका छन् । 'गाउँमा बाजा बजाउने केटाहरू नै छैनन्' ५८ वषर्ीया रामकृष्ण कपालीले भने, 'हामीहरूले बाजा बजाउन छाड्यौं भने यहाँ बाजा बजाउने मानिस नै छैनन् ।' गाउँमा बसेका केटाहरू बाजा बजाउन सिकेका नै छैनन् । बाजा बजाउन जान्नेहरू बितेपछि बाजा बजाउने अर्को पुस्त्ाा नै छैन स्थ्ाानीयवासी राम मानन्धरले भने, 'बाजा बजाउनेहरू भएनन्् भने यहाूको परम्परानै संकटमा पर्छ, बाजाहरू  पनि लोप हुन्छन् ।' नयाँ पुस्ताले पुराना पुस्ताको सीप र कला नसिक्दा परम्परा नै मासिने सम्भावना बढ्दो रहेछ,' पूर्व गाविस अध्यक्ष्ा लक्ष्मण रेग्मीले बताए ।

प्रकाशित : पुस १७, २०७० १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?