कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आमाको मृत्युपछि छोराछोरीको बेहाल

राजबहादुर शाही

सोबा -मुगु — रोवा गाविसको सोबा गाउँमा ४१ वषर्ीय लछुमा बुढाको मृत्यु भएपछि कलिला छोराछोरीको बिचल्ली भएको छ । गत भदौ ५ गते सुत्केरी व्यथाले लछुमाको अकाल ज्यान गएपछि २ छोरा र १ छोरीको हेरचाह तथा स्याहारसुसारका लागि घरमा अरू कोही नहुँदा बिचल्ली भएको हो ।


मृतक लछुमाको जेठो छोरा टंक ९ वर्षको, माइलो दर्ज ५ र कान्छी छोरी अस्मिता २ वर्षकी छन् । उनीहरूको गाँसबासको ठेगान छैन । मृतक लछुमाका पती धर्मराज पत्नी बियोगले बरालिएर हिँड्न थालेका छन् । उनी घरमा नबस्ने र छोराछोरी जेठा बुबा जैबीरको साथमा छन् । जैबीरकी पत्नी छैनन्, एक्लै छन् ।
'दुई साता भइसक्यो भाइ घरमा आएको छैन । आए पनि एक दिन बसेर फेरि कता भागिहाल्छ,' दाइ जैबीरले दुखेसो पोखे, 'यी बच्चाको कुनै गास र बासको ठेगान छैन । रुदै दिन बिताउने गरेका छन् ।' जेठो छोरा टंक स्कुल जान्छन् । माइलो दर्ज कान्छी बहिनी अस्मिताको रेखदेख गर्छन् । उनीहरू बिहानदेखि बेलुकासम्म घरको ढोकामा बसेर आमा सम्झदै बुबाको बाटो हेर्ने गरेका छन् ।
 गाउँघरका अन्य केटाकेटीले खोई तिम्रो आमाबुबा भनेपछि अस्मिता रुदै ममी र बाबा बजारमा मिठाई किन्न गएका छन् । पछि आउँछन् भनेर चित्त बुझाउँछिन् । 'अर्की श्रीमती ल्याउन गाउँँ डुल्छ होलाजस्तो लागेको थियो,' दाइ जैबीरले भने, 'अहिलेसम्म त्यो छाट देखिएन । कसैले पैसा दिएमा छोराछोरी छाडेर भारततिर जाने कुरा गरिरहेको हुन्छ ।'
दाइ जैबीरेले भाइका बालबच्चा पासोजस्तै भएको र आफ्नी पत्नी नहँुदा कसरी पाल्ने भन्ने समस्या भएको सुनाए । 'साँझ परेपछि आमाआमा भन्दै अस्मिता र दर्ज रुदै घोप्टो पर्छन्,' उनले भने । उनीहरूलाई जैबीरेले कहिले आफ्नो घरमा लिएर खाना खुवाएर सुताउने र कहिले घरमा आएर रोटीभात दिएर तीन जनालाई सँगै सुताउने गरेका छन् । माइलो छोरा र कान्छी छोरीलाई कहिलेकाहीँ गाउँका महिलाले नहाइधुवाइ गरिदिने र आफ्ना छोराछोरीका फाटेका महिला कपडा लगाएर शरीर ढाकिदिने गरेका छन् । त्यो बाहेक छिमेकीले अन्य सहयोग गर्न सकेका छैनन् ।

प्रकाशित : पुस १७, २०७० १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?