छोटकरी- प्रिन्ट संस्करण - कान्तिपुर समाचार

छोटकरी

डुम्राहा गाविस ४ को पोखरीमा दुई वर्षका दुर्गाराज चौधरीको पोखरीमा डुबेर मृत्यु भएको छ ।

डुबेर मृत्यु
सुनसरी -कास)- सोमबार मृत्यु भएको चौधरीको मंगलबार सनखत र मुचुल्का गरी परिवारको जिम्मा लागाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुर्घटनामा निधन
विराटनगर -कास)- सुनसरीको दुहवी ४ मा भएको दुर्घटनामा मंगलबार एक महिलाको मृत्यु भएको छ । को ११प ५९५ नम्बर मोटरसाइकल अनियन्त्रित भई लड्दा को १ त ३९०४ नम्बरको ट्रयाक्टरले किचेर मोटरसाइकल पछाडि सवार स्थानीय ४० वषर्ीया अथावती सहनी गम्भीर घाइते भएकी थिइन् । उनको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचारक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सामान्य घाइते छन् ।

पत्रकार प्रधान अस्पताल भर्ना
सुनसरी -कास)- अग्रज पत्रकार याम प्रधान उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका छन् । पत्रकार प्रधान उच्चरक्तचाप र मधुमेहबाट पीडित छन् । यसैबीच सुनसरी कांग्रेसले सातादेखि अस्पतालमै भर्ना भएर उपचाररत प्रधानको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रकाशित : पुस १७, २०७० १३:५२
प्रतिक्रिया
पठाउनुहोस्

वृद्धवृद्धा सम्मानित

कान्तिपुर संवाददाता

तेह्रथुम — कांग्रेस गाउू कार्य समिति पिप्लेले लामो समयदेखि पार्टीमा क्रियाशील ६ जना वृद्ध वृद्धालाई सम्मान गरेको छ ।

पार्टीको नीति, सिद्धान्त र विचारलाई आत्मसाथ गर्दै योगदान पुर्‍याउने ८२ वषिर्य युवराज गड्तौला, ७४ वषर्ीय अम्बरबहादुर थेगुवा, ७८ वषर्ीय पुण्यप्रसाद बजगाईं, ७८ वषर्ीय पुण्यप्रसाद दाहाल, ६६ वषर्ीय हरिमाया कटुवाल, र ६६ वषर्ीय डम्बरबहादुर लोहारलाई पार्टी जिल्ला सभापति गोविन्द ढुंगानाले दोसल्ला, सम्मानपत्र र नगद प्रदान गरी सम्मान गरेका हुन् ।

प्रकाशित : पुस १७, २०७० १३:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×