एमाओवादी कार्यालयमा आगजनी र तालाबन्दी- अन्य - कान्तिपुर समाचार

एमाओवादी कार्यालयमा आगजनी र तालाबन्दी

सुदिप कैनी

धादिङ —

समानुपातिक सूचीमा असन्तुष्टी जनाउँदै एमाओवादीका कार्यकर्ताले सदरमुकाममा रहेको जिल्ला पार्टी कार्यालयका सामग्री जलाएर तालाबन्दी गरेका छन् ।

पार्टीले जिल्लाबाट समानुपातिक सुचीमा सभासद नसमेटेको भन्दै एमाओवादी कार्यकर्ताले आफ्नै पार्टी कार्यालयको फर्निचर, कागजपत्रलगायत सामग्री जलाएका हुन् ।



समानुपातिक सूचीमा असन्तुष्टी जनाउँदै एमाओवादीका कार्यकर्ताले सदरमुकाममा रहेको जिल्ला पार्टी कार्यालयका सामग्री जलाएर तालाबन्दी गरेका छन् ।

पार्टीले जिल्लाबाट समानुपातिक सुचीमा सभासद नसमेटेको भन्दै एमाओवादी कार्यकर्ताले आफ्नै पार्टी कार्यालयको फर्निचर, कागजपत्रलगायत सामग्री जलाएका हुन् । पार्टी कार्यालय परिसरमा सामग्री जलाएर उनीहरुले अनिश्चितकालिन तालाबन्दी समेत गरेका छन् ।

आगजनी र तालाबन्दी गर्ने पार्टी कार्यकर्ताहरुले प्रेस विज्ञप्ति प्रकाशित गरि जिल्लाबाट कुनै पनि नेता समानुपातिक सभासदमा सिफारिश नभएकोमा ध्यानाकर्षण भएको जनाएका छन् ।

वाईसीएल क्षेत्र नं. २ का अध्यक्ष राजेश अधिकारी र सचिव अमृत तामाङद्धारा हस्ताक्षरीत विज्ञप्तीमा समानुपातिकमा जिल्लाबाट सहिद परिवारको प्रतिनिधित्व हुनुपर्ने, जिल्ला अधिवेशन तत्काल गरिनुपर्ने माग राखिएको छ ।

एमाओवादीका पूर्व जिल्ला इन्चार्ज रामबहादुर भण्डारीले पार्टीले आर्थिक र पारिवारिक हिसाबमा पूर्व आईजीपी रविन्द्रप्रताप शाहलाई समानुपातिक सभासदमा सिफारिस गरेकोमा कार्यकर्ताहरु आक्रोशित भएको बताए । 'पार्टीले मापदण्डवितरीत समानुपातिक सभासद सिफारिस गरेपछि आगजनी र तालाबन्दी भएको हो ', उनले भने ।


प्रकाशित : पुस १६, २०७० १५:००
प्रतिक्रिया
पठाउनुहोस्

लोकन्थलीमा बेवारिसे शव फेला, हत्याको आशङ्का

भक्तपुर — भक्तपुरको लोकन्थलीस्थित मनोहरामा आज बिहान एक पुरुषको बेवारिसे शव फेला परेको छ ।आज बिहान लोकन्थली प्रहरी बिटनजिकै मनोहरा आँखा अस्पताल जाने सडकको खोचमा अन्दाजी ३५ देखि ३७ वर्ष उमेरको एक पुरुषको शव फेला परेको हो ।

भक्तपुरको लोकन्थलीस्थित मनोहरामा आज बिहान एक पुरुषको बेवारिसे शव फेला परेको छ ।
आज बिहान लोकन्थली प्रहरी बिटनजिकै मनोहरा आँखा अस्पताल जाने सडकको खोचमा अन्दाजी ३५ देखि ३७ वर्ष उमेरको एक पुरुषको शव फेला परेको हो ।

हेर्दा बाहुन, क्षत्रीजस्तो देखिने जनै लगाएको कलेजी ज्याकेट, जिन्स पाइन्ट लगाएको, जुत्ता चप्पल नभेटिएको पुरुषको शव फेला परेको अनुन्धानमा खटिएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक रवीन्द्र रायमाझीले जानकारी दिए ।

टाउकोमा चोट भेटिएको र दाहिने कानबाट रगत आएको पुरुषको शवलाई गठ्ठाघरस्थित नागरिक अस्पताल पु¥याएर अनुसन्धान सुरु गरेको उनले बताए ।

घटनास्थल र शवको साथबाट परिचय खुल्ने केही पनि नभेटिएकाले शव कसको हो पहिचान गर्न नसकिएको बताउँदै उनले हत्या हो कि भवितव्य भन्ने बारेमा अनुसन्धान सुरु गरिसकेको जानकारी दिनुभयो । रासस

प्रकाशित : पुस १६, २०७० १२:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×