लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको अनुमतिमा नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको इस्लिङ्टन कलेजले विदेशमा रहेका अन्य कलेजको व्यवस्थापनको जिम्मेवारी पाएको छ ।
लैनचौरस्थित नेपाल स्काउटको जग्गा भाडामा लिई व्यवासाय सञ्चालन गरिरहेको खड्काल्याण्ड प्रालिले सम्झौता अनुसार काम गर्न नपाएको दाबी गरेको छ । नेपाल स्काउटको नयाँ तदर्थ समिति आएदेखि सम्झौता अनुसार काम गर्न व्यवधान भएको उल्लेख गरेको छ ।
चारुमती स्काउट क्रुको आयोजनामा हुँदै आइरहेको स्काउट एडभेन्चर क्याम्पको नवौं संस्करण सुरु भएको छ । बूढानीलकण्ठस्थित बीएमसीए स्कुलको प्राङ्गणमा उद्घाटन गरिएको कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई नजिकको सामुदायिक वन-जंगल र खोलानालामा विभिन्न खाले साहसिक क्रियाकलापमा संलग्न गराइने बताइएको छ ।
नेपाली पत्रकारहरूको डिजिटल र विषयगत क्षमता वृद्धि गर्ने उद्देश्यले 'सिएमआर नेपाल जर्नालिजम एकेडेमी' सुरु गरिएको छ । सेन्टर फर मिडिया रिसर्च नेपालले जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा एकेडेमी स्थापना गरेको हो ।
सप्तरी जिल्लाकै पहिलो शिक्षिका बच्ची मिश्रालाई शोभादेव मैथिली स्मृति पुरस्कारबाट सम्मानित गरिएको छ । मैथिली साहित्य परिषद्ले कवि कोकिल विद्यापतिको स्मृतिमा आयोजित तीनदिने कार्यक्रमको अन्तिम दिन आइतबार जिल्लाको पहिलो महिला शिक्षिका बच्ची मिश्रालगायत अन्यलाई सम्मानित गरेको हो ।
नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड तिहारसँगै नेवार समूदायको मौलिक पहिचानको पर्व म्हः पूजा आउने गर्छ । कात्तिक शुक्लपक्ष प्रतिपदा तिथि (कछलाथ्व पारु) अर्थात् हलि तिहारको दिन यो पर्व मनाउने गरिन्छ । यसबेला आफ्नै शरीरको पूजा गर्दै आत्माशुद्धि पारिन्छ । यसले शरीरमा शान्ति प्रदान गर्छ । शरीरमा शान्ति भए मात्रै परिवार र समाजमा शान्ति छाउँछ ।
दैनिक उपभोग्य बजारमा हुने अनियमितता, ठगी र अगाद्य सामग्रीको प्रयोगबाट बच्न उपभोक्ता आफैं पनि सचेत हुनुपर्ने विज्ञ एवम् सरोकारवालाहरूले सुझाव दिएका छन् ।
कलाकार शिवांगिनी राणाले एकल चित्रकला प्रदर्शनीबाट सङ्कलन भएको रकम बालबालिकाको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था र बालबालिकाको शिक्षामा खर्चेकी छन् ।