सगरमाथा आरोही तरकारी बेच्दै - अन्य - कान्तिपुर समाचार

सगरमाथा आरोही तरकारी बेच्दै

कान्तिपुर संवाददाता

नयाँ दिल्ली — गत मे महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने २४ वर्षी रामलाल हरियाणाको एक ग्रामिण शहरमा तरकारी पसले बनेका छन् । हरियाणाको फत्तेहबाद जिल्लाका बासिन्दा रामलाललाई तत्काल सम्मान गर्ने भन्दै हरियाणाका मुख्य मन्त्री भुपिन्दर सिंह हुडाले ५ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका थिए ।

गत मे महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने २४ वर्षी रामलाल हरियाणाको एक ग्रामिण शहरमा तरकारी पसले बनेका छन् ।

हरियाणाको फत्तेहबाद जिल्लाका बासिन्दा रामलाललाई तत्काल सम्मान गर्ने भन्दै हरियाणाका मुख्य मन्त्री भुपिन्दर सिंह हुडाले ५ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका थिए । तर, यो 'क्षणिक कुरा' मात्रै बनेको आरोही रामलालले बताएका छन् ।
रामलाल पनि यतिखेर हरियाणाको तोहाना गाउँमा तरकारी पसले बनेका छन्- सगरमाथा आरोहीको चिनारीलाई पन्छाएर । 'मैले कुनै मानसम्मान खोजेको होइन,'उनले टाइम्स अफ इण्डिया पत्रिकामा भनेका छन्-'बरु एउटा सगरमाथा आरोहीले अरु हिमश्रृङ्खला चढ्न चाहेको छ/छैन भनेर कसैले सोधिदिए मात्रै पनि पुग्थ्यो । जिवन गुजारा त तरकारी बचेरै पनि गर्नेछु ।'

 

प्रकाशित : पुस १६, २०७० १६:३९
प्रतिक्रिया
पठाउनुहोस्

'संविधानसभाको बैठक राष्ट्रपतिले किन बोलाउन मिल्दैन ?'

सर्वोच्चले सरकारलाई सोध्यो
प्रणब खरेल

काठमाडौ — सर्वोच्च अदालतले मंगलबार सरकारलाई राष्ट्रपतिले संविधानसभाको बैठक के कारणले बोलाउन मिल्दैन भन्दै कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश तर्कराज भट्टको एकल इजलाशले अधिवक्ता विश्वास आचार्यको रिट उपर सुनुवाई गर्दै यस्तो आदेश गरेको हो ।

सर्वोच्च अदालतले मंगलबार सरकारलाई राष्ट्रपतिले संविधानसभाको बैठक के कारणले बोलाउन मिल्दैन भन्दै कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश तर्कराज भट्टको एकल इजलाशले अधिवक्ता विश्वास आचार्यको रिट उपर सुनुवाई गर्दै यस्तो आदेश गरेको हो ।

अन्तरिम आदेश जारी हुने कि नहुने विषयमा अदालतले दुवै पक्षलाई छलफलका लागि समेत बोलाएको छ ।

नेपाल डेमोक्रयाटिक लयर्स एसोसिएसनका तर्फबाट अधिवक्ता आचार्यले शुक्रबार रिट दायर गरेका थिए ।




प्रकाशित : पुस १६, २०७० १५:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×