कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

ओलीसँगको छलफल सकियो, प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछाने नेकपा एसको महाधिवशेनमा

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल र  एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारको बैठक सकिएको छ ।  उक्त बैठकमा केही समय रास्वपाका अध्यक्ष रवि लामिछाने पनि सहभागी भएका थिए । उनीसहित केहीबरे छलफल भएपछि  अहिले प्रधानमन्त्री दाहाल र लामिछाने नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा सहभागी हुन प्रज्ञा प्रतिष्ठानमा गएका छन् । 

ओलीसँगको छलफल सकियो, प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछाने नेकपा एसको महाधिवशेनमा

एमाले अध्यक्ष ओलीले आइतबार प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग लामो संवाद गरेपछि त्यसको पृष्ठभूमिका प्रधानमन्त्री दाहाल र अध्यक्ष ओ‌लीबीच कुराकानी भएको हो ।

सत्ता गठबन्धनभित्र एमाले र माओवादीबीच कार्यशैलीका विषयमा चिसोपन बढ्न थालेपछि ओलीले कांग्रेस सभापति समेत रहेका देउवासँग संवाद अघि बढाएका छन् । यसलाई लिएर माओवादी केन्द्रभित्र पनि केही तरंग आएको छ । सिंहदरबारको बैठकमा के विषयमा ठोस कुरा भयो भन्ने बाहिर आएको छैन । अहिले दाहाल र लामिछानेले नेकपा एसको महाधिवेशनमा शुभकामना मन्तव्य दिनेछन् ।

प्रकाशित : असार १६, २०८१ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×