कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

संसद् राष्ट्र निर्माणको केन्द्र हो : सभामुख घिमिरे

काठमाडौँ — सभामुख देवराज घिमिरेले संसद् कानून बनाउने थलो मात्रै नभइ राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र भएको बताएका छन् ।

संसद् राष्ट्र निर्माणको केन्द्र हो : सभामुख घिमिरे

आइतबार ६६ औं संसद् दिवसको सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद्‌‌लाई विधायन निर्माण गर्ने ठाउँ मात्रैका रुपमा बुझ्न नहुने बताए। संसद्को कुटनीतिले मात्रै जनताका भावनाहरु एक ठाउँमा ल्याउन सकिने उनको भनाइ थियो ।

उनले भने, ‘संसद् एउटा विधायन निर्माण गर्ने ठाउँ मात्रै, कानून बनाउने थलो मात्रै होइन । राष्ट्र निर्माण गर्ने महत्वपूर्ण केन्द्र पनि हो । राष्ट्र निर्माण गर्नको लागि, यसैबाट सरकार पनि गाइड हुन्छ । निर्देशित हुन्छ र सरकार यसको आधारमा चल्नुपर्छ । किनभने बहुमतले सरकार बनाउँछ । त्यसैगरी यसले कस्तो अठोट लिन्छ । कस्तो दिशा लिन्छ, त्यसले नै समाज कता जान्छ भन्नेकुरा निर्धारण हुन्छ । जनताको हृदयमा यसलाई स्थापित गर्ने गरी व्यवहारतः काम गर्न सक्छ की सक्दैन ? यो कुरामा सोचेर प्रत्येकले भुमिका निर्वाह गर्नु आजको आवश्यकता हो । यसमा पनि दलीय व्यवस्थाअन्तर्गतको हाम्रो संसद् छ ।'

सभामुख घिमिरेले सांसदहरु समावेशिताको सिद्धान्तको आधारमा विभिन्न ढंगबाट आएपनि संसद्‌ले बनाएको कानूनका आधारमा सरकार सञ्चालन हुनुपर्ने बताए ।

प्रकाशित : असार १६, २०८१ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×