कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्छ : वामदेव गौतम

काठमाडौँ — राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् । आईतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जबसम्म नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरिँदैन तबसम्म नेपालले विकास गर्न नसक्ने उल्लेख गरे ।

सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्छ : वामदेव गौतम

‘सम्पूर्ण जमिन राष्ट्रियकरण गरौैं । मैले आज धेरै पहिलादेखि भन्दै आएको कुरा गरो । जबसम्म नेपालको कृषि भूमिमात्रै होइन, सम्पूर्ण भूमि राष्ट्रियकरण गरिँदैन, नेपालले विकास गर्दैन । अमेरिका लगायतका देशमा सम्पूर्ण भूमि राष्ट्रियकरण भएको छ । त्यहाँ व्यक्तिगत छैन । अमेरिकामा मात्रै होइन, सिंगो युरोपभर भूमि राष्ट्रियकरण गरिएको छ । रुसमा पनि त्यो लागू भएको छ । चीनमा १९५३ मा राष्ट्रियकरण भयो, सबै जमिन । भूमि नै मानिसलाई आवश्यकता पर्ने बस्तु उत्पादन गर्ने आधार हो । मुख्य उत्पादनको साधन हो । त्यसलाई टुक्रा टुक्रा काटेर बाँड्छौं, देश समृद्ध हुन सक्दैन ।’

उनले भूमि नै मानिसलाई आवश्यकता पर्ने वस्तु उत्पादन गर्ने आधार भएकाले उत्पादनका लागि लिजमा दिने र सबै भूमि राष्ट्रियकरण गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।


प्रकाशित : असार ९, २०८१ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×