कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

सहकारीका ७० लाख बचतकर्ताले न्याय नपाएसम्म कांग्रेस संघर्ष गरिरहन्छ : नेता महर

काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगीको मारमा परेका ७० लाख जनताले न्याय नपाएसम्म कांग्रेसको लडाइ जारी रहने बताएका छन् ।

सहकारीका ७० लाख बचतकर्ताले न्याय नपाएसम्म कांग्रेस संघर्ष गरिरहन्छ : नेता महर

चितवन कांग्रेसले गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा शनिवार सम्बोधन गर्दै नेता महरले जनताको नजरमा दोषी प्रमाणित भइसकेका पार्टीका नेता र पार्टीलाई कारबाहीको दायरामा ल्याउन र पीडित जनताले सञ्चित गरेको रकम फिर्ता गर्न कांग्रेस संसदीय छानबिन समितिमा मात्रै भर नपर्ने र जनपेक्षा अनुसार सदनदेखि सडक संघर्ष जारी नै राख्ने बताए।

अहिले गिरीबन्दु टी-स्टेटदेखि सुदर्शन सहकारीसम्म गठबन्धन सरकारमा संलग्न पार्टी र तिनका प्रमुख नेताहरू नै संलग्न हुनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ। अहिलेको गठबन्धन सरकारले नेपाली जनताको सार्वजनिक सम्पत्ति दोहन गरिरहेको महरको आरोप छ। कांग्रेसको भरखरै सम्पन्न बैठकमा गिरीबन्दु टी स्टेटमा भएको अर्बौ रकम चलखेलको पर्दाफास गर्न आफूले प्रस्ताव गरे पनि निर्णय बाहिर आउँदा त्यस विषयमा नलेखिएको उनको भनाई थियो।

कांग्रेसका नेता कार्यकर्ता मनबाटै जनमुखी हुनु आवश्यक रहेको बताउँदै उनले आज जलवायु परिवर्तनका कारण नेपालका हिमालहरू खाली हुँदै गएको र त्यसको असर वातावरणमा परेकोप्रति चिन्ता व्यक्त गरे। जलवायु परिवर्तनका कारण तराई क्षेत्रमा अत्याधिक तामक्रम बढेर जनता कष्टकर जीवन विताउन बाध्य रहेकाले जलवायु परिवर्तनको असर न्यूनिकरण बारे पार्टीले सबै तहमा प्रशिक्षणात्क सचेतना अभियानमा जुटनु पर्ने महरको धारणा छ।

'हामीले राजनीतिसँग समाज र जनताका मद्दा बोक्नुपर्छ। केन्द्रदेखि टोल समितिसम्ममा प्रकोपीय जोखिमबाट बच्न जलवायु परिवर्तन तथा प्रकोप जोखिम न्यूनिकरण कार्यदल गठन गरेर वातावरण संरक्षणमा योगदान दिनुपर्छ,' उनले भने।

प्रकाशित : जेष्ठ १९, २०८१ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×