२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

चितवन दुर्घटना [अपडेट] : मृतकको संख्या २ पुग्यो

चितवन — चितवनमा आइतबार राति भएको सडक दुर्घटनामा परी मृत्यु हुनेको संख्या २ पुगेको छ । ना ३ ख ७९१५ नं. को ट्रकका सहचालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका राम्चेका २१ वर्षीय राजन सुवेदीको उपचारका क्रममा चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

चितवन दुर्घटना [अपडेट] : मृतकको संख्या २ पुग्यो

यसअघि अन्दाजी १६/१७ वर्षका किशोरको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको पहिचान खुलेको छैन ।

नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा आज मध्यराति साढे १२ बजे चारवटा गाडी ठोक्किएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले सबै २१ जना घाइतेहरूको भरतपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालका अनुसार काठमाडौंबाट प्यूठानतर्फ आउँदै गरेको बा ४ ख ९०८६ नं. को बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नं. को ट्रक, काठमाडौंबाट महोत्तरी बर्दिबासतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नं.को बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नं.को बस ठक्कर खाएका हुन् ।

प्रकाशित : जेष्ठ १४, २०८१ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x