२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

भाजपाको निमन्त्रणामा नेपालका ५ राजनीतिक दलका प्रतिनिधि भारत भ्रमणमा

काठमाडौँ — भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा नेपालका ५ राजनीतिक दलका प्रतिनिधिहरू भारत भ्रमणमा गएका छन् ।

भाजपाको निमन्त्रणामा नेपालका ५ राजनीतिक दलका प्रतिनिधि भारत भ्रमणमा

भाजपाको कार्यक्रम ‘बीजेपीलाई बुझौं’ भन्ने कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेसका नेता तथा सांसद उदय शम्शेर राणा, एमाले नेता विष्णु रिमाल, माओवादीका नेता मातृका यादव, रास्वपाका नेता शिशिर खनाल र जनमत पार्टीका नेता जयकान्त राउत नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

भाजपाले विज्ञप्ति जारी गर्दै १० मुलुकका १८ राजनीतिक दलका प्रतिनिधिहरू भारतमा आउन लागेको जानकारी दिएको हो । उनीहरूले भाजपाका अध्यक्ष जेपी नड्डा, भारतका विदेशमन्त्री एस. जयशंकरलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनीहरू ५ दिने भ्रमणको लागि भारत गएका हुन् । भाजपाको निमन्त्रणामा नेपालका नेताहरूसहित श्रीलंका, अस्ट्रेलिया, भियतनाम, बंगलादेश, इजरायल, युगान्डा, तान्जानिया, रुस, मौरिससका दलहरूको प्रतिनिधि गएका हुन् । ‘बीजेपीलाई बुझौं’ भन्ने कार्यक्रम भाजपाले विगत केही वर्षयता विदेशीहरूलाई लक्षित गर्दै आइरहेको छ ।

प्रकाशित : वैशाख १९, २०८१ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?