२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

श्रमिकका समस्या, गुनासो र जिज्ञासा समाधानका लागि 'श्रमाधान सेवा' सुरु 

काठमाडौँ — श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यले सरकारले 'श्रमाधान सेवा'को सुरुवात गरेको छ । बुधबार १३५ औं विश्व मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधान गर्ने गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालले 'श्रमाधान सेवा'को सुरुवात गरेको हो ।

श्रमिकका समस्या, गुनासो र जिज्ञासा समाधानका लागि 'श्रमाधान सेवा' सुरु 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले 'श्रमाधान सेवा'को सुरुवात गरेका हुन् । उनले 'श्रमाधान सेवा'को सुरुवात गर्दै नेपाली स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधानका लागि मन्त्रालयको कल सेन्टरले मात्रै नपुग्ने भएकाले 'श्रमाधान सेवा'को सुरुवात गरेका हुन् ।

‘श्रमिकहरूका समस्या समाधानका लागि मन्त्रालयको एउटा कल सेन्टरले मात्रै पुग्दैन भनेर श्रमाधान कल सेन्टर भन्दा पनि कार्यक्रमको रुपमा लिएका आएका छौं । श्रमाधानको सुरुवात गरौं । श्रम रोजगार तथा सामाजिक मन्त्रालयको बृहत र व्यवहारिक योजना हो । श्रमाधानले नेपाली नागरिकको श्रम र रोजगार सम्बन्धि बहुआयामिक आवश्यकताको एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्य राखेको छ,' मन्त्री अर्यालले भने, 'श्रमाधानको पहिलो चरणमा सात क्षेत्रसँग सम्बन्धित कार्यक्रम समावेस गरिएका छन् ।'

श्रमाधान नेपाली श्रमिकका समस्या समाधान र श्रम बजारमा सुधार ल्याउन सरकारले प्राथमिकताका साथ सुरुवात गरिएको कार्यक्रम रहेको मन्त्री अर्यालले बताए । 'विदेशबाट फर्किसकेपछि श्रमिकले सिकेको सीप, पुँजी र ज्ञानलाई कसरी सम्बोधन गर्न सकिन्छ ? श्रमिकले सिकेको सीप, पुँजी र ज्ञानलाई सम्बोधन गर्नेगरी अवकासपछिको आरम्भ भन्ने नारा समेत राखेका छौं,' उनले थपे, 'विदेशबाट नेपाल फर्किएका र नेपालमा अवकाश प्राप्त नागरिकहरूको सीप, श्रम र अनुभवलाई सक्रिय बनाउन मद्दत गर्ने पहल गर्छ । श्रमाधानमा समावेश सात कार्यक्रमले नेपाली श्रमिकको हित र रोजगारी सिर्जना गर्ने अभियान हो । श्रमाधानमा रोजगार बैंक कार्यक्रम पनि समावेश रहेको छ ।’

मन्त्री अर्यालले उक्त योजना बृहत र व्यवहारिक भएको बताए । उनले रोजगार बैंकमा गौरवका आयोजना र नेपाल सरकारसँग रोजगारदाता र श्रमिक जोडिने गरी काम गरिरहेको बताए । उनले श्रमाधानमा सबै नेपालीहरूको श्रमलाई उच्च प्राथमिकता दिँदै समानताको प्रत्याभूति दिने उद्देश्य श्रमाधान समता कार्यक्रम पनि समावेश रहेको जानकारी दिए ।

सरकारले श्रमिकका समस्या, गुनासो वा जिज्ञासा समाधान गर्न 'श्रमाधान कल सेन्टर'मा फोन गर्दा पैसा नलाग्ने ११४१ फोन नम्बरसमेत सार्वजनिक गरिएको छ । समस्यामा परेका श्रमिकले फोनबाट मात्रै नभएर सामाजिक सञ्जाल लगायत अन्य माध्यमबाट सम्पर्क गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

प्रकाशित : वैशाख १९, २०८१ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?