२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

वाइडबडी जहाज खरिद प्रकरणमा भ्रष्टाचार मुद्दा दायर

मातृका दाहाल

काठमाडौँ — नेपाल वायुसेवा निगमको वाइडबडी दुई जहाज खरिद गर्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । जहाज खरिद प्रक्रिया सामेल तत्कालीन पदाधिकारीसहितलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

वाइडबडी जहाज खरिद प्रकरणमा भ्रष्टाचार मुद्दा दायर

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले वाइडबडी खरिदमा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरिएको पुष्टि गरे ।

'केहीबेर अघि अभियोग पत्र विशेष अदालतमा आइपुगेको छ,' उनले भने ।

प्रकाशित : चैत्र २२, २०८० १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?