२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

स्रोत नखुलेको विदेशी मुद्रासहित चिनियाँ मुलका भारतीय नागरिक पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेका छन् ।

स्रोत नखुलेको विदेशी मुद्रासहित चिनियाँ मुलका भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुनचन्द ठकुरीका अनुसार उनी मंगलबार दिउँसो चीनको सिचुआन प्रान्तबाट आएर दिल्ली जान लागेको अवस्थामा पक्राउ परेका हुन् । निजको साथबाट १६ हजार चार सय ३० अमेरिकी डलर, ५४ हजार चार सय ५१ चिनियाँ युआन र पाँच हजार भारतीय रुपैयाँ फेला परेको छ ।

छोदेनलाई प्रहरी बृद्ध गौशालामा राखी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका छोदेन भारतको दलैलास्थित धर्मशालामा बस्ने गरेको खुलेको र उनको साथमा भारतीय राहदानी भएको प्रहरी नायब महानिरीक्षक ठकुरीले बताए । छोदेनबाट प्रहरीले बरामद गरेको रकम करिब ३१ लाख ५० हजार रुपैयाँ बराबर हुन आउँछ ।

प्रकाशित : आश्विन ३०, २०८० १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?