२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

एमालेबाहेक १० पार्टी मिले पनि देश चलाउन सक्दैनन् : ओली

अमृता अनमोल

बुटवल — पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाहेक अन्य दस पार्टी मिलाएर गठबन्धन गरे पनि देश चलाउन नसक्ने बताएका छन् । अहिलेको गठबन्धन सरकारले देशलाई संकटमा लगेको भन्दै ओलीले देशलाई सफल अवतरण गराउने पार्टी एमालेमात्रै रहेको दाबी गरे ।

एमालेबाहेक १० पार्टी मिले पनि देश चलाउन सक्दैनन् : ओली

‘उद्देश्य, नीति र गन्तव्य नभएकाले एमाले बाहेकले देश चलाउन सक्दैनन्,’ शनिबार बुटवलमा आयोजित लुम्बिनी प्रदेशको अधिवेशनमा अध्यक्ष ओलीले भने ।

एमाले बाटो बिराउने पार्टी नभई आफ्ना गन्तव्य र लक्ष्यमा पुग्ने पार्टी भएको बताउँदै उनले भने, ‘अरुको १० वटा बुद्धि र एमालेको एउटा बुद्धि पुग्दो छ, एमालेले मात्रै देश चलाउँछ । पार्टी र देशलाई गन्तव्यमा पुर्‍याउने छ । ’

अध्यक्ष ओलीले मिसन-८४ एमाले एक्लैले तीन तहकै सरकारमा बहुमत ल्याउने अभियान भएको बताए । त्यसका लागि अरु सबै दल एकातिर तर एमाले एक्लैले बहुमतको सरकार बनाउने गरी जुटेको बताए । ‘टोल टोलमा कमिटी घरघरमा सदस्य बनाएर हिँडेका छौं । सबै दल एमालेतिर र एमाले एकातिर भए पनि हाम्रो जितलाई रोक्न सक्ने छैन ।’

अध्यक्ष ओलीले अहिले पनि नेकपा (एस) लगायतका दलबाट एमालेमा नेता कार्यकर्ताको लर्को लागेको बताए ।

ओलीले भने, ‘समुद्रबाट निस्केर कुनै माछापोखरीमा जान खोज्छ होला त्यस्तै कोही नेता, कार्यकर्ता अरु पार्टीमा जान्न । एमालेमा बिग्रेका केही फल दुई वर्षअघि खसे । तिनै खसेकाले अल्झाएका केही कार्यकर्ता छन् । अल्झेका कार्यकर्ता आउँदैछन् ।’

प्रकाशित : भाद्र १६, २०८० १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?