कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

अमेरिकी सिनेटर होलेन भदौ तेस्रो साता नेपाल आउँदै

काठमाडौँ — अमेरिकी सिनेटर (सांसद) क्रिस भान होलेन भदौ तेस्रो साता नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् । मेरिल्यान्डबाट प्रतिनिधित्व गर्ने सिनेटर होलेनले ८ दिनको दक्षिण एसिया भ्रमणमा आउन लागेका हुन् । उनी नेपालमा कुन दिन आउने भन्नेबारे भने प्रस्ट पारिएको छैन ।

अमेरिकी सिनेटर होलेन भदौ तेस्रो साता नेपाल आउँदै

यो क्रममा नेपाल, श्रीलंका र माल्दिभ्सको भ्रमण गर्ने होलेनको सचिवालयले विज्ञप्तिमार्फत जनाएको छ । उनी विदेश सम्बन्ध समिति र राज्य तथा विदेश सञ्चालन विनियोजन उपसमितिका सदस्य हुन् । उनको ८ दिनमा तीनै मुलुकका प्रमुख सरकारी अधिकारीहरू, नागरिक समाज संगठनहरू, उद्योगी, सम्बन्धित मुलुकमा दूतावासका कर्मचारीहरू र प्रत्येक राष्ट्रमा काम गर्ने अमेरिकीहरू र मेरिल्यान्डका व्यक्तिहरूसँग ५० भन्दा बढी भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

होलेनले आफ्नो भ्रमणका क्रममा प्रत्येक राष्ट्रहरूसँग अमेरिकाको द्विपक्षीय सम्बन्धलाई बलियो बनाउन काम गर्ने विज्ञप्तिमा उल्लेख छ ।

उनले नेपाल भ्रमणमा अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीसँग सम्पर्क राख्ने कार्यक्रम छ ।

प्रकाशित : भाद्र ११, २०८० ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×