२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दैलेख आगलागी [अपडेट] : ४ घाइतेलाई हेलिकप्टरबाट कोहलपुर लगियो

ज्योति कटुवाल

सुर्खेत — दैलेखको आठबीस नगरपालिका-६ स्थित सामुदायिक वनमा लागेको आगो  निभाउने क्रममा घाइते भएका ४ जनालाई थप उपचारका लागि बाँकेको कोहलपुर लगिएको छ । 

आगो निभाउने क्रममा घाइते भएका आठबीस नगरपालिका– ६ का भैरे विक, प्रज विक, नवीन विक, नैना विकलाई हेलिकप्टरमार्फत उद्धार गरिएको दैलेखका प्रहरी प्रमुख डीएसपी किशोर लम्सालले जानकारी दिए। अन्य घाइतेहरूमध्ये छत्रा विक, जौकला विक, मौती र मीन विकको स्थानीय राकम अस्पतालमा उपचार भइरहेको छ।

बुधबार सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा जलेर ११ जना घाइते भएका हुन् ।

प्रकाशित : वैशाख २७, २०८० १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?