२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

नेपालको राजनीति तीन भूतपूर्व प्रधानमन्त्रीकाे अखडा जस्तो भयाे : महामन्त्री थापा

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालकाे राजनीतिलाई तीन भूतपूर्व प्रधानमन्त्रीले अखडा बनाएकाे आरोप लगाएका छन् । सत्ता प्राप्तिका लागि नेताहरूले जुनसुकै सम्झौता गरेर राजनीतिलाई अखडा बनाएको उनको भनाइ थियो ।

नेपालको राजनीति तीन भूतपूर्व प्रधानमन्त्रीकाे अखडा जस्तो भयाे : महामन्त्री थापा

रामकृष्ण भण्डारीले लेखेको 'सत्ता संघर्ष : ३० वर्षमा २८ सरकारका नालिबेली' पुस्तक सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा शनिबार थापाले राजनीतिकाे नेतृत्व परिवर्तन हुन नसक्दा समस्या उत्पन्न भएको बताएका हुन् ।

'नेपालको राजनीति तीन भूतपूर्व प्रधानमन्त्रीको अखडा जस्तो भयाे । आइतबार एउटा भूतपूर्वले अर्कोलाई पछार्नु भयाे । साेमबार अर्को भूतपूर्वले अर्कोलाई । मंसिर ४ देखि यहाँसम्म आइपुग्दा कुन भूतपूर्व प्रधानमन्त्रीले कुन भूतपूर्व प्रधानमन्त्रीलाई फल हान्याे भन्ने मात्रै देखिन्छ,' उनले भने ।

पार्टी सत्तामाथि नेताहरूले कब्जा जमाएर बसेकाे र नीति नमान्ने भएकाले समस्या भइरहेको थापाको भनाइ छ । राजनीति सत्ताका लागि हाे भनिने तर प्रश्न सत्ता केका लागि भन्ने स्पष्ट नभएको उनको भनाइ छ । महाकालीदेखि एमसीसीसम्म सत्ता प्राप्तिका लागि उचालेकाे तर सत्ता पाएपछि ती विषयलाई व्याख्यात्मक टिप्पणीकाे आड लिएको उनको टिप्पणी छ ।

बहुदलीय र संसदीय व्यवस्था नियमभित्र खेल्नुपर्ने थापाको भनाइ छ । संस्था बलियो बनाउन चुक्दा पनि प्रणालीले ठिक काम नगरेको उनको भनाइ छ ।

मुलुकको राजनीतिक अवस्था छिनछिनमा बदलिइरहेकाे भन्दै थापाले भने, 'कुन भूतपूर्व प्रधानमन्त्रीले कुन भूतपूर्व प्रधानमन्त्रीलाई छिर्के हान्छ भन्ने भर नै छैन ।'

प्रकाशित : पुस ३०, २०७९ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?