३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

राहदानी वितरण अवरुद्ध

सिस्टममा समस्या आएको भन्दै अर्को सूचना नआएसम्म उपस्थित नभइदिन सेवाग्राहीलाई राहदानी विभागले आग्रह गरेको छ

काठमाडौँ — राहदानी लिनका लागि भीडभाड बढिरहँदा परराष्ट्र मन्त्रालयले राहदानी वितरणको काम अवरुद्ध गरेको छ । पुस १७ गतेदेखि राहदानी विभागको सिस्टममा समस्या आएको भन्दै राहदानी आवेदनको स्टाटस हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध भएको जनाएको छ ।

राहदानी वितरण अवरुद्ध

राहदानी विभागले यस्तो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्ण रूपमा सञ्चालन हुन केही समय लाग्ने भनेको छ । विभागले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ' आजको मितिदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि माथि उल्लेखित सेवा लिनको लागि विभागमा उपस्थित नभइदिनु हुन सादर अनुरोध छ । यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति राहदानी विभाग क्षमाप्रार्थी छ ।'

साथै, नियमित रूपमा राहदानी आवेदनका लागि 'अप्वाइन्टमेन्ट डेट' बुक गरेका सेवाग्राहीहरूलाई बुक गरेको मितिमा बायोमेट्रिकका लागि विभागमा उपस्थित हुन पनि विभागले आग्रह गरेको विभागका निर्देशक दुरपदा सापकोटाले बताएकी छन् ।

पछिल्लो समय राहदानीका लागि फारम बुजाउने र राहदानी लिनका लागि विभागमा सेवाग्राहीको भीड अत्यधिक बढिरहँदा विभागको सिस्टममा समस्या देखिएको हो । भीड कम गराउन जनगुनासो बढेपछि गृहमन्त्री रवि लामिछानेले समेत केही दिनअघि विभागको कार्यालयमा पुगेर त्यहाँको अवस्थाबारे जानकारी

लिएका थिए । विभागका अधिकारीहरूले भने कोरोना महामारीका कारण लामो समय राहदानी वितरणको काम रोकिँदा हाल सेवाग्राहीहरूको भीड बढेको बताउँदै आएका छन् ।

प्रकाशित : पुस १९, २०७९ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?