काठमाडौँ — मुलुकभित्र भरपर्दो रोजगारी नपाएपछि नागरिक विदेसिने क्रम रोकिएको छैन । जसको उदाहरण हो, सम्बन्धित निकायमा राहदानी बनाउने नागरिकको भिडभाड । अघिपछि झैं शुक्रबार पनि काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा रातिदेखि नै सेवाग्राहीको लामै लाइन थियो ।
