कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२
सत्ता गठबन्धन बैठक

दाहालले देउवालाई भने- ‘तपाईंले वचन तोड्नुभयो’

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले पहिलोपटक आफैं प्रधानमन्त्री हुनुपर्ने दाबी नछोडेपछि बालुवाटार बैठक निष्कर्षविहीन भएको छ । बैठकमा देउवा र दाहालबीच गरमागरम कुराकानी भएको एक नेताले जानकारी दिए ।

दाहालले देउवालाई भने- ‘तपाईंले वचन तोड्नुभयो’

देउवाले पहिलोपटक प्रधानमन्त्री दिने भन्ने यसअघिको वचन पूरा नगरेको प्रसंग दाहालले उठाएका छन् । चुनावअघि देउवाले पहिलोपटक दाहालाई प्रधानमन्त्री दिने भनेको तर अहिले आएर त्यसबाट पछि हटेको भन्दै आपत्ति जनाए ।

'पहिले वचन दिनुभयो अहिले वचनबाट पछि हट्नुभयो' दाहालले बैठकमा भनेका थिए । देउवाले पहिले कार्यकालमा आफू नै हुने भन्ने अडान नछोडेपछि दाहाल वचन तोडेको भन्दै बालुवाटारबाट बाहिरिएका थिए । उनी बाहिरिएपछि सत्ता गठबन्धनको बैठक पनि सकिएको थियो । 'देउवाजीले छोड्न तयार नभएपछि प्रचण्डजीले त्यसलाई स्वीकार्नु भएन । गठबन्धन रहन्छ भन्ने अब सनिश्चितता रहेन' एक नेताले भने ।

बैठकपछि कांग्रेस नेता ज्ञानेन्द्र कार्कीले पार्टीभित्र आन्तरिक छलफल गर्नुपर्ने अवस्था भएकाले नेताहरुको बैठक रोकिएको बताए । उनले सहमति खोज्नका लागि पुन: बैठक बस्ने जानकारी दिए ।

सम्बन्धित समाचारहरू :

प्रकाशित : पुस १०, २०७९ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x