ओलीलाई बालेन्द्रको जवाफ, 'सुकुम्बासी तपाईंको लागि भोट बैंक मात्रै रहे'- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीलाई बालेन्द्रको जवाफ, 'सुकुम्बासी तपाईंको लागि भोट बैंक मात्रै रहे'

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाले मेयर बालेन्द्र शाहले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि सुकुम्बासी भोट बैंक मात्र भएको बताएका छन् ।

मंगलबार ओलीले बल प्रयोगबाट सुकुम्बासी समस्याको समाधान नहुने बताउँदै बल प्रयोग गर्न गलत भएको बताएका थिए ।

सामाजिक सञ्जालमार्फत जवाफ फर्काउँदै बालेनले २०४७ साल यता १४ वटा भूमि आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्बासी समस्या समाधान गर्न नसकेको बताए । बालेनले लेखेका छन्,'मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्बासीहरु तपाईंका लागि भोट बैंक मात्रै रहे ।'

बालेनले सकुम्बासीहरुलाई ओलीले गुठी आन्दोलन जस्ता आफ्ना स्वार्थ विपरितका कुराहरूमा प्रयोग गरेको आरोप समेत लगाएका छन् । 'बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नु भयो । त्यो पनि राजनीतिक स्वार्थवश्,' बालेनले लेखेका छन्,'तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी (सुन्धारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले विरोध गर्नु असामान्य होइन ।'

बालेनले परिस्थिति फेरिएको बताउँदै सकेको सहयोग गर्न तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न सुझाव दिएका छन् ।

'चुप लागेर खोलाको किरानामा बसेको जनतालाई ठीक लगाएर कुन बहादुरी पाइन्छ । कसलाई पराजित गरेर को विजयी हुने ? यहाँ जित र हारको प्रश्न होइन समस्या समाधानको प्रश्न हो । लोकतन्त्रमा समस्या समाधानको तरिका बल प्रयोग होइन । तरिका फरक हो । उचित समाधान दिनु र कुनै पनि कुरालाई तर्कपूर्ण तरिकाले समाधानमा पुर्‍याउनु प्रमुख कुरा हो,' ओलीले भनेका थिए ।

सोमबार एकीकृत वाग्मती सभ्यता परियोजनाले थापाथलीस्थित वाग्मती किरानामा बसेको सुकुम्बासीहरुलाई हटाउन खोज्दा झडप भएको थियो । सो क्रममा महानगर प्रहरीका १८ प्रहरी घाइते भएका थिए । जसमध्ये ३ जनाको अवस्था गम्भीर छ ।

सम्बन्धित समाचारः

बल प्रयोगले सुकुम्बासी समस्याको समाधान दिँदैन : ओली

प्रकाशित : मंसिर १३, २०७९ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्

रियलमीको ‘उत्सवको बहार, हरेक दिन उपहार’ क्याम्पेनका विजेता घोषित 

कान्तिपुर संवाददाता

काठमाडौँ — टेक्नोलोजी ब्रान्ड रियलमीले ‘उत्सवको बहार, हरेक दिन उपहार’ नामक क्याम्पेनका विजेताहरु घोषणा गरेको छ । गत असोज १० गतेदेखि कात्तिक १४ सम्म सुरु भएको उक्त क्याम्पेनका विजेतालाई आइतबार पुरस्कार प्रदान गरिएको हो ।

जसअन्तर्गत बुटवलकी सन्ध्या सिंह ठकुरी (गौरा कालिका मोबाइल) ले ६५ इन्चको कोनका ४ के टीभी र बाग्लुङका पूर्ण बहादुर मल्ल (अलिशा मोबाइल सेन्टर) ले ७ केजीको वासिङ मेसिन जित्न सफल भएका छन् । त्यस्तै सामाखुसीका सुजन बस्नेत (लमजुङ इलेक्ट्रोनिक्स) ले रियलमी ९४ जी (८/१२८ जीबी) स्मार्टफोन जित्न सफल भएका छन् ।

रियलमीले चाडबाडको समयमा उपभोक्ताहरुलाई स्मार्टफोन, टेलिभिजन, वासिङ मेसिन लगायतका विभिन्न उपहारहरु प्रदान गर्ने अफर ल्याएको थियो । उक्त अफरमा दैनिक पुरस्कार अन्तर्गत कोनका मिक्सर, हिटर, भ्याकुम क्लिनर, राइस कुकर, रियलमी सी ३०(२३२ जीबी) लगायतका उपहार समावेश दिए ।


प्रकाशित : मंसिर १३, २०७९ १९:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×