बल प्रयोगले सुकुम्बासी समस्याको समाधान दिँदैन : ओली- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बल प्रयोगले सुकुम्बासी समस्याको समाधान दिँदैन : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमाले अध्यक्ष ओलीले बल प्रयोगबाट सुकुम्बासी समस्याको समाधान नहुने बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नदी किनारामा छाप्रो बनाएर बसेका सुकुम्बासी शत्रु नभएको भन्दै त्यसअनुसार बल प्रयोग गर्न गलत भएको बताए । 

'चुप लागेर खोलाको किरानामा बसेको जनतालाई ठीक लगाएर कुन बहादुरी पाइन्छ । कसलाई पराजित गरेर को विजयी हुने ? यहाँ जित र हारको प्रश्न होइन समस्या समाधानको प्रश्न हो,' उनले भने, 'लोकतन्त्रमा समस्या समाधानको तरिका बल प्रयोग होइन । तरिका फरक हो । उचित समाधान दिनु र कुनै पनि कुरालाई तर्कपूर्ण तरिकाले समाधानमा पुर्‍याउनु प्रमुख कुरा हो ।'

ओलीले सुकुम्बासीमाथि गरिएको व्यवहार लोकतान्त्रिक आचारणअनुसार नभएको बताए । उनले समस्या गर्न सुकुम्बासी आयोगलाई अघि ल्याउनु पर्ने बताए ।

'सुकुम्बासी र राज्यको बीचमा हार-जित जस्तो कार्य भयो । सुकुम्बासी हाम्रो दाजुभाइ, दिदीबहिनी हुन् । अलि गरिब भए भन्दै उनीहरुलाई गोद्नु पर्ने, ठोक्नु पर्ने भन्ने कुरा होइन,' उनले भने, 'सरकारको उन्माद हो । सरकारको काम लोकतान्त्रिक आचरणअनुसार छैन ।'

सोमबार एकीकृत वाग्मती सभ्यता परियोजनाले थापाथलीस्थित वाग्मती किरानामा बसेको सुकुम्बासीहरुलाई हटाउन खोज्दा झडप भएको थियो । सो क्रममा महानगर प्रहरीका १८ प्रहरी घाइते भएका थिए । जसमध्ये ३ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित : मंसिर १३, २०७९ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्

३६ प्रतिशत घट्यो सेयर कारोबार 

कारोबार भइरहँदा १९३४ अंकसम्म झरेकाे नेप्से अन्त्यमा बढ्यो
कान्तिपुर संवाददाता

काठमाडौँ — मंगलबार सेयर कारोबार रकम ३६ प्रतिशतले घटेको छ । सोमबार कुल १ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ९५ करोडमा खुम्चियो । सोमबार पनि कारोबार रकम २६ प्रतिशतले घटेको थियो ।

कारोबार रकम घटे पनि मंगलबार परिसूचक भने २.९९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १९५३ अंकमा कायम भएको छ । दिनभरको कारोबारमा नेप्से १९३४ अंकसम्म खसेको थियो । कुल १२० कम्पनीको मूल्य बढ्दा ६७ को घट्यो भने ९ को स्थिर रह्यो । बैंकिङ ०.९, होटल तथा पर्यटन ५.१, उत्पादन १.२, निर्जीवन बीमा १४.६ र ब्यापार उपसमुह १४.९ अंक घटे । अन्य ६, माइक्रोफाइनान्स २५, जीवन बीमा ३०, जलविद्युत् २, फाइनान्स १९ र विकास बैंक उपसमूह २८ अंक बढे ।

धौलागिरी लघुवित्तको ६ र एनसीसी बैंकको मूल्य ५ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, नबिल बैंक, शिवम् सिमेन्ट, नेस्डो लघुवित्त र एनसीसी बैंक क्रमश: अगाडि रहे ।


प्रकाशित : मंसिर १३, २०७९ १५:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×