२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

समानुपातिकमा आफन्त र पहुँचवाला हावी

काठमाडौँ — राजनीतिक दलहरूले आफन्त, व्यापारी र पार्टीलाई प्रभावमा पार्दै आएका व्यक्तिलाई समेटेर समानुपातिक सूची तयार पारेका छन् । संविधानले प्रत्यक्षबाट प्रतिनिधित्व हुन नसक्ने जाति, वर्ग, समुदायका व्यक्तिका लागि व्यवस्था गरेको प्रावधानविपरीत पहुँचवाला समानुपातिकको सूचीमा प्राथमिकतामा परेका हुन् ।

समानुपातिकमा आफन्त र पहुँचवाला हावी

टिकट वितरणमा सहभागी नेताहरूले महिलातर्फ आफ्नै श्रीमती, दिदीबहिनीलगायत आफन्तलाई प्राथमिकतामा राखेर निर्वाचन आयोगमा बन्दसूची बुझाएका छन् । पुरुषको सूचीमा शक्तिमा रहेका नेता र नेताकै आफन्तको नाम समावेश गरिएको छ । आदिवासी जनजाति, मुस्लिमलगायत क्लस्टरमा पनि राजनीतिक क्षेत्रका पुरानै अनुहारको वर्चस्व देखिन्छ । सत्तारुढ कांग्रेस, प्रमुख प्रतिपक्षी एमाले, माओवादी केन्द्रदेखि राप्रपा र स्वतन्त्र पार्टीले पनि समानुपातिक निर्वाचन प्रणालीको भावनाविरुद्ध हुने गरी सूची तयार पारेर निर्वाचन आयोगमा बुझाएका हुन् ।

कांग्रेसले शक्ति केन्द्रमा प्रभाव राख्नेहरूलाई हरेक क्लस्टरमा प्राथमिकता दिएको छ, जसका कारण पार्टीभित्रै चर्को विवाद भएको थियो । बन्दसूचीको क्रम संख्या सच्याउने वचन दिएर शेखर कोइराला समूहलाई मनाएका पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमती तथा केन्द्रीय सदस्य आरजु राणा देउवालाई महिलातर्फ खस आर्य क्लस्टरको तेस्रो नम्बरमा राखेका छन् । उक्त क्लस्टरको पहिलो नम्बरमा संविधानसभा सदस्य र मन्त्रीसमेत भइसकेकी अम्बिका बस्नेत छिन् । त्यसपछि ईश्वरी न्यौपाने छिन् । गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँण छैटौं नम्बरमा छिन् । उनी पनि कांग्रेस केन्द्रीय सदस्य हुन् । यो क्लस्टरमा किरण कोइराला र मृदुला कोइरालाले पनि ठाउँ पाएका छन् ।

खस आर्य पुरुषको एक नम्बरमा कांग्रेस प्रवक्तासमेत रहेका देउवाका ‘विश्वासपात्र’ प्रकाशशरण महत छन् । वसन्त भट्टराई, आनन्दप्रसाद ढुंगाना, गोविन्द भट्टराई यो सूचीमा क्रमश: छन् । कांग्रेसले यो सूचीमा फिल्मकर्मी मीन भामलाई पनि समेटेको छ । आदिवासी जनजाति महिलाको सूचीमा सरस्वती बजिमय, लीला बोखिम, सीता रानामगर छन् । यो क्लस्टरको पुरुषतर्फ भने पटक–पटक मन्त्री र पार्टीमा उपसभापतिसम्म भएका गोपालमान श्रेष्ठ एक नम्बरमा छन् । त्यसपछि केशरमान रोक्का र पाल्पाका सन्दीप राना छन् । राना भारतीय गृहमन्त्रीसमेत रहेका भाजपा नेता अमित शाहका पूर्वस्वकीय सचिव हुन् ।

दलित कोटामा पुरुषतर्फ सहमहामन्त्री जीवन परियार पहिलो नम्बरमा छन् । मधेसी महिलातर्फ पूर्वराष्ट्रपति रामवरण यादवकी छोरी अनिता यादव परेकी छन् । मधेसी पुरुषतर्फ नेता विमलेन्द्र निधि र मुस्लिम क्लस्टरमा कांग्रेसले सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई राखेको छ ।

एमालेले पनि समानुपातिक सूचीमा नेताका आफन्तलाई नै प्राथमिकता दिएको छ । एमालेको प्रतिनिधिसभा समानुपातिक बन्दसूचीको पहिलो नम्बरमा महासचिव शंकर पोखरेलकी बहिनी मेनकाकुमारी पोखरेलको नाम छ । खस आर्य पुरुषतर्फ नेता रघुजी पन्तको नाम छ । महिला मुस्लिममा हालै मात्र जसपा छोडेर एमाले प्रवेश गरेकी रुही नाज, मधेसी महिलातर्फ अमृतादेवी अग्रहरी छिन् । आदिवासी जनजाति क्लस्टरतर्फ प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलाई राखिएको छ ।

माओवादीको बन्दसूचीमा विगतमा विभिन्न पदमा रहिसकेका र नेताका आफन्तले प्राथमिकता पाएका छन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ, जनजाति आन्दोलनका अगुवा परशुराम तामाङ र बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादीका पाँच नेताले बन्दसूचीमा प्राथमिकता पाएका हुन् । माओवादीले पूर्वमन्त्री हकिकुल्ला खाँ, महिला नेतृ रेणु चन्द, दलित आयोगकी पूर्वअध्यक्ष सुशीला श्रीपाइली, उद्योगी दिलसुन्दर श्रेष्ठ, साहित्यकार ईश्वरचन्द्र ज्ञवाली, कर्मचारी महासंघका अध्यक्ष मोहनमान स्वाँर, अजम्बर राई काङबाङ, रणेन्द्र बराइलीलगायतलाई समानुपातिक उम्मेदवार बनाएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलकी श्रीमती बलावती शर्मा पनि माओवादीको समानुपातिक सूचीमा अटाएकी छन् ।

एकीकृत समाजवादी उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव गंगालाल तुलाधर, सचिव नागेन्द्रकुमार चौधरी, स्थायी कमिटी सदस्य सावित्राकुमारी भुसाल, रामचन्द्र यादव, श्रीप्रसाद साह, भविश्वर पराजुली, केन्द्रीय लेखा आयोगका अध्यक्ष भरतकुमार श्रेष्ठ र पोलिटब्युरो सदस्य दिलकुमारी पन्तलगायत समानुपातिक सूचीमा छन् । अध्यक्षमा युवा आएको भनेर प्रचारप्रसार गरिरहेको राप्रपाले बन्दसूचीमा भने त्यसको छनक दिन सकेको छैन । राप्रपाको बन्दसूचीको प्राथमिकतामा बुद्धिमान तामाङ, हेमजंग गुरुङ, मोहन श्रेष्ठ आदिवासी जनजाति क्लस्टरबाट सिफारिस भएका छन् । राप्रपाले हालै मात्र पार्टी प्रवेश गरेकी जसपाकी पूर्वसांसद रेनुका गुरुङलाई आदिवासी महिलाको क्लस्टरबाट बन्दसूचीमा राखेको छ । खस आर्य क्लस्टरमा राप्रपाले पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीलाई सिफारिस गरेको छ ।

समानुपातिक सूचीमा चलखेल गर्न निर्वाचन आयोगले नै राजनीतिक दलहरूलाई सहयोग पुर्‍याएको आयोगका अधिकारीहरू बताउँछन् । दलहरूले समानुपातिक बन्दसूची असोज २ र ३ मा बुझाएका थिए । त्यसपछि ती सूचीमा के–कति कमजोरी छन् भनेर आयोगले १० गतेसम्म सुझाएको थियो । १६ गतेसम्म अन्तिम नामावली बुझाउने समय दिएको थियो । असोज ३ मा बुझाएको सूची १६ गतेसम्म पुग्दा क्रम संख्या र नाममा मेल नखाएको आयोगका अधिकारीले बताएका छन् । ‘सबै राजनीतिक दलहरूले सुरुमा डमी नाम बुझाएका थिए । त्यसपछि सूची परिवर्तन गरिएको छ । सुरुमा बुझाएका नामहरू र क्रम संख्या अन्तिमसम्म पुग्दा मेल खाँदैन,’ बन्दसूची व्यवस्थापनमा संलग्न आयोगका एक अधिकारीले भने । आयोगले नियमावलीमा संशोधन गरेर दलहरूलाई समानुपातिक सूचीमा नाम हेरफेर र क्रम संख्या तलमाथि गर्न सक्ने सुविधा प्रदान गरेको हो ।

समानुपातिकको सूचीमा कुन पार्टीबाट को–को ?

कांग्रेस

खसआर्य (महिला) : अम्बिका बस्नेत, सरिता प्रसाई, आरजु राणा देउवा, इश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, कान्तिका सैजुवाल (पिछडिएको क्षेत्र), मैना रावल कार्की (पिछडिएको क्षेत्र), रमा कोइराला, उमा दाहाल, मधु शाही, भद्रा भण्डारी, प्रसिस महरा, किरण कोइराला, भावना शाही (पिक्षे), मृदुला कोइराला, अम्बिका शर्मा

खसआर्य (पुरुष) : प्रकाशशरण महत, वसन्त भट्टराई, आनन्दप्रसाद ढुंगाना, गोविन्द भट्टराई, त्रैलोक्यप्रताप सेन, डिल्लीबहादुर कार्की, दामोदर गौतम, किरण गिरी, मीन भाम (पिछडिएको क्षेत्र), भीम थपलिया, बालकृष्ण पाण्डे, जयपति रोकाय (पिछडिएको क्षेत्र), नरेशबहादुर सिंह (पिछडिएको क्षेत्र), सरोजकुमार थापा, सुरेन्द्र दाहाल, शिवराज जोशी, खडानन्द खनाल,

आदिवासी जनजाति (महिला) : सरस्वती बजीमय, लीला बोखिम, सीता रानामगर, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अन्जनी श्रेष्ठ, रेनुका काउचा मगर, कृष्णा आमात्य, सरु लामा, मधु जवेगु, विन्दा आले राना, गीता सेन्दाङ, निर्मला बस्नेत तामाङ

आदिवासी जनजाति (पुरुष) : गोपालमान श्रेष्ठ, केशरमान रोक्का, सन्दीप राना, गोपालसिं राजभण्डारी, कृष्ण घर्तीमगर, मनोहर नारायण श्रेष्ठ, कमोट फागो, अइन्द्र केरुङ, मोहन राई, दीनेश राई, सनत मुर्मु, कालु मेचे, जगतबहादुर तामाङ, लालबहादुर गुरुङ, ललितसिंह बोहोरा, भीम श्रीस,

दलित (महिला) : शान्ति परियार, रुपा विक, सीता मिजार, आशा विक, विष्णुमाया परियार, फुलोदेवी दास, देवीका नेपाली, कोपिला विक

दलित (पुरुष) : जीवन परियार, लोकबहादुर सुनार, हरिशरण नेपाली, गोविन्द परियार, मुक्तबहादुर महते, डम्बर सुनार, महासहनाई नेपाली (पिछडिएको क्षेत्र)

मधेसी (महिला) : नगिना यादव, मुक्ताकुमारी यादव, निनुकुमारी कर्ण, संगीता मण्डल, अनिता यादव, सुस्मा तिवारी, मिनाक्षी झा

मधेसी (पुरुष) : विमलेन्द्र निधि, अनिल रुंगटा, रामचन्द्र तिवारी, सकलदेव सुतियार, हरेकृष्ण घोस, अयोधाप्रसाद यादव, शम्भु चौहान, नवल किशोर यादव

थारु (महिला) : कल्पना चौधरी, बिना थनेत, जीवन राना थारु, सुशीला चौधरी थारु (पुरुष) : योगेन्द्र चौधरी, चुमनारायण तवदार, फिरु राना

मुस्लिम (महिला) : जावेदा खातुन जागा, दिलकुमारी सुवेदी (कमाल), नजबुल खान मुस्लिम (पुरुष) : फरमुल्लाह मन्सुर, अब्दुल सतार

एमाले

मेनकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनिता बराल, भागरथीकुमारी चन्द, लिलाकुमारी भण्डारी, नर्वदादेवी शिवाकोटी पाठक, मेनका पछाई, शान्तिदेवी खनाल, उमादेवी कोइराला, क्रान्ति बुर्लाकोटी, बालिकाकुमारी गिरी, ओमदेवी मल्ल, रघुजी पन्त, एकनाथ ढकाल, कुमार दसौंदी, दयालबहादुर शाही, खिमलाल पोखरेल, मुक्तिप्रसाद पाठक, शम्भुप्रसाद गौतम, मोहनलाल शर्मा, गेहेन्द्रप्रसाद दाहाल, गोविन्दप्रसाद दुलाल, कुलबहादुर आचार्य, रामशरण प्याकुरेल, प्रेमकुमार पराजुली, गोरखबहादुर बोगटी, प्रेमबहादुर सिंह, पुरुषोत्तम न्यौपाने, विदुर कार्की, नैनकला थापामगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकी मगर, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा, अन्जान शाक्य, निरमाया पुलामी, अमृता सुब्बा लिम्बू, तारादेवी गुरुङ, सुवर्ण श्रेष्ठ, गंगाकुमारी गुरुङ (कुँवर), मीना बरामु, हिरादेवी पुन, ताराकुमारी विष्ट शाक्य, देवीप्रकाश भट्टचन, हेमराज राई, कालुराम राई, भीमबहादुर खवास, सरोज डंगोल, विशमलाल अधिकारी दनुवार, टंक आङबुहाङ लिम्बू, बाबुलाल डंगोल, शिवकुमार गुरुङ, मोतीराम सुनुवार, नरेन्द्रकुमार श्रेष्ठ, नवीन रोकामगर, लालबहादुर गुरुङ, नाम्गेल शेर्पा, महेन्द्रबहादुर थकाली, हुमबहादुर गुरुङ, अस्माकुमारी चौधरी, शान्ति चौधरी, लक्ष्मीदेवी दगोरा चौधरी, कमला चौधरी, सत्यनारायण चौधरी, जञ्जिरप्रसाद चौधरी, फूलसिंह थारु, रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा, इन्दिराकुमारी पन्थी, अञ्जु प्रसाईं बर्देवा, अञ्जु नेपाली, लक्ष्मी लुहार विश्वकर्मा, दुर्गाकुमारी पासवान, बिन्दु विश्वकर्मा, ईश्वरबहादुर रिजाल बिक, प्रभु हजारा दुसाध, चन्द्रबहादुर विश्वकर्मा, बाबुराम नेपाली, तुलसीप्रसाद पासी, चर्चबहादुर विश्वकर्मा, बेगमबहादुर विश्वकर्मा, वीना देवी, अमृतादेवी अग्रहरी, प्रतीक्षा तिवारी मुखिया, यशोदा कुमारी, बुधनादेवी महतो नुनिया, आशा चतुर्वेदी, चन्दन साह, पारोदेवी भिन्दवार, रेखाकुमारी झा, गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, उपेन्द्रप्रसाद साह, रामलाल साह, अमर राउत यादव, दानबहादुर कुर्मी चौधरी, प्रमोदनारायण यादव, अरविन्द साह, रुही नाज, साजिदा खातुन सिद्दिकी, सैहरा खातुन, सराज अहमद फारुकी

माओवादी केन्द्र

दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल, मायाकुमारी बल स्या, सोमति गुरुङ, पद्माकुमारी राई, छिरिङ ल्यामु लामा तामाङ, पार्वती थापा, होमकुमारी लिम्बू, तारादेवी कुमाल अधिकारी, निरमाया श्रीष बुढा, पूर्णी घर्तीमगर खान, ममता राजवंशी, भवीकला रोकामगर, लक्ष्मी पुन, दिलकुमारी पुलामी (अधिकारी), अजम्बर राई काङमाङ, दिपबहादुर योञ्जन, डा. मिनबहादुर श्रेष्ठ, विजय घले, मणिकुमार सामपाङ, दिलसुन्दर श्रेष्ठ, भरतलाल चेपाङ, धनबहादुर महर्जन, आशबहादुर पुन, सत्यनारायण शेरचन, जितबहादुर थापा, सोमबहादुर तामाङ, डम्बर घर्तीमगर, लालबहादुर माझी, विशेन्द्र चेम्जोङ, होमबहादुर जवेगु, विमला सुवेदी, नारायणी शर्मा, तेत्राकुमारी अधिकारी, टिका बुढाथोकी, रेनु चन्द, हरिमाया शर्मा गौतम, वलावती शर्मा, चम्पा कार्की, दुर्गादेवी भट्टराई, हिरादेवी कँडेल, सावित्री कार्की बुढाथोकी, मनरुपा शर्मा सुवेदी, सुनीताकुमारी गौतम, भवानीकुमारी थापा, पार्वती थापा क्षेत्री, लक्ष्मी न्यौपाने, हितराज पाण्डे, पेशल खतिवडा, शिवप्रसाद दाहाल, श्रीकृष्ण अधिकारी, कुमारप्रसाद पौडेल, ईश्वरचन्द्र ज्ञवाली, टंकप्रसाद पोखरेल, ईश्वर रिजाल, प्रेमसिंह बोहोरा, पारसमणि पौडेल, शम्भुबहादुर अधिकारीलगायत ।

राप्रपा

बुद्धिमान तामाङ, हेमजंग गुरुङ, मोहनकुमार श्रेष्ठ, राजेन्द्रप्रसाद श्रेष्ठ, मृगेन्द्रकुमार शेरचन, दीपक रञ्जितकार, अशोक सुब्बा, आङडिमा शेर्पा, आङरिमा शेर्पा, रामबहादुर थोकर, विकेन्द्रकुमार लिम्बू, विना लामा, विनिता मगैया, गीता गुरुङ, रेणुका गुरुङ, पवित्रा सुब्बा लिम्बू, शोभा शाक्य, अजेलिया रञ्जितकार, बेटि बज्राचार्य, गौमाया श्रेष्ठ, पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनी, मुकुन्दश्याम गिरी, उद्धव पौडेल, निलकण्ठ काफ्ले, पुष्पराज पौडेल, गीता बस्नेत, अञ्जना शाह रावल, देवकुमारी पराजुली, लिला कार्की, स्वाती थापा, विन्दा गिरी, मिना सुवेदी, सीता बस्याल, सुनिता शाह, कृष्णमाया हिताङ, इन्दिरा न्यौपाने, कार्भीका थापा, नानीमैया आचार्य, कालिका कार्की, उमा थापा, गिरिधारीप्रसाद चौधरी, फत्तेहसिं थारु, विधाप्रसाद थारु, शिलाकुमारी थारु, जयरानी थारु, ऋषिबाबु परियार, रुपदल विश्वकर्मा, अम्मर परियार, अनिशा नेपाली, सरला विक, प्रहृलादकुमार साह, मोहनप्रसाद यादव, ओमप्रकाश यादव, सत्यनारायण यादव, विना जयसवाल, निरुपमा यादव, जयकुमारी महतो

राष्ट्रिय स्वतन्त्र

डा. ढाकाकुमार श्रेष्ठ, डा. चन्दा कार्की, डोलप्रसाद अर्याल, असिम शाह, सामिना मियाँ, लक्ष्मी तिवारी, समिउन निशा, इन्दिरा रानामगर, मनिष झा, सुमना श्रेष्ठ, अशोककुमार चौधरी, निशा डाँगी, इश्रामुल्ला मियाँ, इ. तपेश्वर यादव, गणेश कार्की, दीपकराज बोहोरा, निशा मेहता, चन्दा ऐर चाँदनी, रजिया खातुन, सन्तोष परियार, शिव नेपाली, कल्पना रोक्का, विन्दबासिनी कंशाकार, विष्णुकुमारी गुरुङ, रुपा शंकर, सविना विश्वकर्मा, सविना महतो, अनिता श्रेष्ठ, प्रेमलाल चौधरी, कामिनी कुमारी, मेघबहादुर आले, सुरेशप्रसाद शाह, सौरव दुगर, ज्योतिकुमारी पोखरेल

प्रकाशित : आश्विन २२, २०७९ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?