कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

क्यानका कार्यवाहक सचिव भन्छन् : सन्दीपले सीपीएल सकेर फर्किन्छु भनेका छन्

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफूविरुद्ध जबर्जस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट संघ (क्यान) सँग कानुनी उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन् । 

क्यानका कार्यवाहक सचिव भन्छन् : सन्दीपले सीपीएल सकेर फर्किन्छु भनेका छन्

क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले क्यारेबियन प्रिमियर लिग(सीपीएल) खेल्न वेस्ट इन्डिजमै रहेका सन्दीपले क्यानसँगको फोन वार्तामा कानुनी सहयोग गरिदिन आग्रह गरेको बताए । मल्लले लामिछानेसँग क्यानको कुरा भइसकेको र सीपीएल सकिएपछि स्वदेश फर्किने बताएको जानकारी दिए ।

फोनवार्तामा क्रिकेटर सन्दीपले कानुनी उपचारमा अधिवक्ता खोजिदिन आग्रह गरेको मल्लले बताएका छन् । सन्दीपसँग आफूले नै कुरा गरेको उल्लेख गर्दै मल्लले भने,'हिजो राति क्यानले नै सम्पर्क गर्‍यो । मैले नै सम्पर्क गरेँ । रेप केसमा एकजना युवतीले जाहेरी दिएको छ, तिमीलाई थाहा छ भन्दा मैले थाहा पाएको छु भने । यसमा तिम्रो भनाइ के हो भन्दा मेरो त्यसमा कुनै संलग्नता छैन भन्ने किसिमको कुरा गरे । क्यानले सहयोग गर्नुपयो । कानुनी उपचारमा प्रोफाइलिस्ट लयर हायर गर्नुपर्छ भने । म सीपीएल म्याच सकेर फर्किन्छु भन्यो । टिमले थाहा पाएको छ तर खेल्नलाई समस्या छैन भने ।'

यस घटनाका आईसीसीले समेत चासो दिएको र उसलाई पनि घटनाका बारेमा जानकारी दिइएको उनले बताए । 'आईसीसीले चासो राखेको छ, मैले सबै ब्रिफ गरिसकेको छु । आईसीसीले के हुनसक्छ भन्यो । मैले केस लागेपछि त्यहीअनुसार कान'नअनुसार दर्ता हुन्छ भनेँ । यसमा आईसीसी गम्भीर बनेको छ। मुद्दा परेको छ, पुलिसले आफ्नो अनुसन्धान गरिरहेको छ,’ मल्लले भने ।

क्यानकम तर्फबाट सचिव मल्लले क्रिकेटर सन्दीपसँग बुधबार राति घटनाका बारेमा जानकारी लिएका हुन् । एक १७ वर्षीया किशोरीले आफूलाई क्रिकेटरले जबर्जस्ती करणी गरेको भन्दै मंगलबार बलात्कारको उजुरी दर्ता गरेकी थिइन् । प्रहरीले यसबारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार

प्रकाशित : भाद्र २३, २०७९ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×