२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२८

बजेट निर्माणमा बिचौलिया प्रयोग गर्ने अर्थमन्त्रीबारे शीर्ष नेताबीच छलफल हुने

काठमाडौँ — बजेट निर्माणमा बिचौलिया प्रयोग गरेपछि विवादित बनेका अर्थमन्त्री जनार्दन शर्माको बारेमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल हुने भएको छ । शर्माले राज्यको गोपनीयता भंग गरेकोले उनले राजीनामा नदिए बर्खास्त गरेर उनीमाथि थप कारबाही गर्नुपर्ने सर्वत्र माग छ । सत्ता गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादी केन्द्रभित्र समेत शर्माको भूमिकालाई लिएर व्यापक प्रश्न उठेको छ ।

बजेट निर्माणमा बिचौलिया प्रयोग गर्ने अर्थमन्त्रीबारे शीर्ष नेताबीच छलफल हुने

माओवादी केन्द्रको नेताहरुको खुमलटारमा मंगलबार बिहान बसेको बैठकमा समेत शर्माको विषयमा कुरा उठेपछि अध्यक्ष पुष्पकमल दाहालले शीर्ष नेताबीच नै छलफल हुने जानकारी दिएका हुन् । माओवादीका एक नेताका अनुसार सम्भवत: मंगलबार नै प्रधानमन्त्री निवास बालुवाटार बैठक बस्नेछ । 'आज प्रधानमन्त्रीसँग अध्यक्षले साँझ भेट्ने कुरा भएको छ । त्याे भेटमा अर्थमन्त्रीबारे पनि छलफल हुनसक्छ' ती नेताले भने ।

मन्त्री शर्मालाई हटाउनका लागि नागरिक समाजका अगुवाहरुले पनि आग्रह गरिसकेका छन् । उनका गतिविधिमाथि प्रश्न उठाउँदै सडक प्रदर्शन समेत भइरहेका छन् । तर मन्त्री शर्मा र उनको दल माओवादी केन्द्र सकेसम्म यो घटनाको बचाउ गरिरहेका छन् ।

मंगलबार अर्थमन्त्री शर्मा भने मन्त्रालयमै काममा व्यस्त रहेको मन्त्रीनिकट स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार :


प्रकाशित : असार २१, २०७९ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?