कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुन्दर हरिजन मृत्यु प्रकरण : संसदीय छानबिन समिति गठन गर्न माग

काठमाडौँ — रोल्पा कारागारमा मृत भेटिएका सुन्दर हरिजनको घटनाको छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठनको माग भएको छ । माओवादी केन्द्रकी सांसद अञ्जना विशंखेले प्रतिनिधिसभाको मंगलबारको बैठकमा हरिजनको मृत्यु प्रकरणमा अदालत, गृह प्रशासन जोडिएको भन्दै संसदीय छानबिन समिति गठन गर्न सभामुख अग्निप्रसादसापकोटासँग माग गरेकी छन् । 

सुन्दर हरिजन मृत्यु प्रकरण : संसदीय छानबिन समिति गठन गर्न माग

प्रतिनिधिसभाको बैठकमा विशेष समय माग गरेर बोल्दै सांसद विशंखेले संसदीय छानबिन समिति माग गरेकी हुन् । 'यो घटनामा न्यायालय पनि जोडिएको भएकाले संसदीय छानबिन समिति गठन गरियोस् र अपराधीलाई, न्याय संरचनासँग जोडिएकालाई छानबिनको दायरामा ल्याइयोस्,' उनको माग थियो ।

कान्तिपुरमा प्रकाशित समाचार उल्लेख गर्दै सांसद विशंखेले 'नेपालको सिंगो न्यायप्रणाली, सुरक्षा संयन्त्र र राज्यको पूरै शासन संरचनामाथि नै प्रश्न चिह्न खडा गरिदिएको' बताइन् । उनले भनिन्, 'देशको सरकार, कानुन, प्रशासन कसरी चलिरहेको छ र यसलाई चलाउने ठाउँमा विराजमान भएका व्यक्तिहरूले गरिब, दलित, बालबालिकाविरुद्ध कसरी राज्यको संयन्त्र दुरुपयोग गरेर एउटा अपराधीलाई छुटाउँदो रहेछ भन्ने ज्वलन्त उदाहरण हो,' उनले भनिन् ।

हातहतियार मुद्दामा ५ वर्ष जेल सजाय पाएका विजयविक्रम शाहको नाममा चोरीको आरोपमा १ वर्षका लागि जेल सजाय गरिएका हरिजनलाई रोल्पा कारागारमा राखिएको थियो । जेलबाट छुट्ने केही दिन पहिले मात्रै हरिजनले रोल्पा कारागारमा आत्महत्या गरेको समाचार सार्वजनिक भएको थियो ।

सम्बन्धित समाचारः

प्रकाशित : जेष्ठ १७, २०७९ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?