३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९९

राष्ट्रपतिद्वारा सर्वोच्चको न्यायाधीशमा श्रेष्ठ नियुक्त

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्त गरेकी छन् । श्रेष्ठ सर्वोच्चको न्यायाधीशमा संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि नियुक्त भएका हुन् । 

राष्ट्रपतिद्वारा सर्वोच्चको न्यायाधीशमा श्रेष्ठ नियुक्त

संसदीय सुनुवाइ समितिको मंगलबारको बैठकबाट सर्वोच्च अदालतको न्यायाधीशमा अनुमोदन भएका श्रेष्ठलाई राष्ट्रपतिले आजै नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको जानकारी दिए ।

श्रेष्ठ यसअघि उच्च अदालत विराटनगरको मुख्य न्यायाधीश थिए । उनलाई न्याय परिषद्को बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीश रहने संवैधानिक व्यवस्था छ । एक न्यायाधीशको पद रिक्त रहेकोमा श्रेष्ठको नियुक्तिसँगै सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीशको पदपूर्ति भएको छ ।

प्रकाशित : चैत्र १५, २०७८ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?