१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रधानमन्त्रीले भने– 'लेटाङ घटनाका दाेषीलाई कारबाही गर्छौं'

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङ नगरपालिकामा एक प्रहरी जवानकाे हत्या भएकाे घटनामा छानबिन गरी दाेषीलाई कारबाहीकाे दायरामा ल्याउने बताएका छन् । सोमबार सुन्दरहरैँचा नगरपालिकाकाे प्रशासनिक भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले भने– 'लेटाङ घटनाका दाेषीलाई कारबाही गर्छौं'

एक महिला प्रहरीको ज्यान जानेगरी मोरङमा आइतबार भएको झडपपछि प्रहरीले सोमबार बिहान पाँच जनालाई पक्राउ गरेको छ । पाँच जनालाई पक्राउ गर्नुका साथै प्रहरीको खानतलासी र अनुसन्धान जारी रहेको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा आक्रोशित भीडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । भीडले उनको घाँटी र छातीमा छुरा प्रहार गरेको थियो ।‍

होलीका दिन होली खेल्ने क्रममा खेरुवास्थित सामाजिक शिक्षाका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत एक १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा शिक्षक र अभिभावकको आइतबार साँझ बसेको बैठकमा स्थानीयले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास गरेपछि त्यसलाई नियन्त्रण गर्न परिचालन गरिएका सुरक्षाकर्मीमाथि आक्रोशित स्थानीयले प्रहरीमाथि आक्रमण गरेका थिए ।

आइतबारको झडपपछि स्थिति तनावपूर्ण बनेकाले मोरङको लेटाङ–५, खेरुवा वरपरको क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुन्जेल सम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू लगाइएको छ ।

प्रकाशित : चैत्र ७, २०७८ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?